eNepal

मेल्बर्नमा एभरेस्ट कप आयोजना हुँदै, ६ क्लबले सहभागी जनाउने

भिक्टोरीया राज्यको मेल्बर्न राज्यमा एभरेस्ट युनाइटेड क्लबको आयोजनामा पहिलो एभरेस्ट कप आयोजना हुने भएको छ।

मेल्बर्नमा रहेका छ क्लबहरु एभरेस्ट युनाइटेड क्लब, हिमालयन फुटबल क्लब, यती फुटबल क्लब, रोयल वेस्टर्न क्लब, फुटबल फर फन एण्ड फिटनेस भिक्टोरीया र क्रेगीबन ब्रिगेड स्पोर्ट्स क्लबले प्रतीस्पर्धा गर्ने भएका छन्।

पुल एमा एभरेस्ट युनाइटेड क्लब, हिमालयन फुटबल क्लब, यती फुटबल क्लब रहेका छन् भने पुल बिमा रोयल वेस्टर्न क्लब, फुटबल फर फन एण्ड फिटनेस भिक्टोरीया र क्रेगीबन ब्रिगेड स्पोर्ट्स क्लब रहेका छन्।

आगामी २१ मे बिहान ९ बजे देखी अपरान्ह ५ बजे सम्म विलीयम्स लैण्डीङ स्पोर्ट्स रिजर्भ हुने प्रतियोगीतामा ३५ बर्ष माथी उमेर समुहको सकर लिग, लेडीज प्यानल्टी सुट आउट, किड सकरको साथमा नेपाली मौलीक खानाहरु रहने आयोजकले जनाएको छ।

यस प्रतीयोगितालाई सिरा होम्सले मुख्य प्रायोजन गरेको छ भने भिक्टोरीयन नेप्लिज क्रिकेट एसोसिएसन, एटीएफ एकाउण्टेन्ट्स, डेन्टल एट हुपर्स, म्याजिक मोमो क्याफे र फोन एसन्सियलको सहयोग रहेको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal