eNepal

मेल्बर्नमा ६ हप्ते हुला हुप सत्र सम्पन्न, एकै दिन ७० भन्दा माथिको सहभागीता (फोटो फिचर)

दिदीबहिनी समाज भिक्टोरीया मेल्टन शाखाको समन्वयमा ६ हप्ते हुला हुप २२ अप्रील शूक्रबारका दिन सत्र सफलता पुर्वक सम्पन्न भएको छ। शारीरिक र मानसिक स्वास्थ्य विकाशका साथै मानविय कल्याण र सामाजिक मेलमिलाप प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको सत्रमा  पुरुष, महिला र बालबालिका गरेर ७० भन्दा बढी समुदायका सदस्यहरूले सहभागीता जनाएका थिए।

दिदीबहिनी समाज मेल्टोन युनिट संयोजक वर्षा केसी राजभण्डारीले संयोजन गर्नु भएको सो परियोजनालाई मेल्टोर्न सिटी काउन्सिलबाट आर्थीक अनुदान प्राप्त भएको थियो।

परियोजना सफलता पूर्वक सम्पन्न भएकोमा संयोजक राजभण्डारीले दिदीबहिनी समाज भिक्टोरीया मेल्टन र आइन्ट्री युनिट समितिका सदस्यहरू, स्वयंसेवकहरू र समुदायका सदस्यहरूलाई अद्भुत प्रतिभा, धैर्यता र अविश्वसनीय समन्वयको लागि बिशेष धन्यबाद दिदै सहभागीताको लागि आभार व्यक्त गर्नु भयो।

प्रशिक्षक डुना स्पार्क्सले प्रशिक्षण दिनु भएको थियो कार्यक्रममा महिला, पुरुष र बालबालीकाको लागि छुट्टाछुट्टै सत्र सन्चालन गरिएको थियो।

कार्यक्रममा वर्षा केसी राजभण्डारीको संयोजनमा १३० र्याट किटहरूको वितरण समेत गरिएको थियो भने बिभीन्न रमाइलो गतिविधिहरू, हुपिङ प्रतियोगिता र जलपानको आयोजना गरिएको थियो। 

कार्यक्रमलाई सफल बनाउन दिदीबहिनी समाज भिक्टोरीयाकी उपाध्यक्ष प्रभा श्रेष्ठ र आइन्ट्री युनिट समितिकी संयोजक रोशनी श्रेष्ठले मुख्य भुमीका निर्वाहा गर्नु भएको थियो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal