eNepal

विशु’ पर्व मनाउन सुदूरपश्चिमेली गायक चक्र बम मेल्बोर्न आइपुगे

बाजुरासहित सुदूरपश्चिमेलीको मौलिक संस्कृति ‘विशु’ पर्व मनाउन चक्र बम मेल्बोर्न आइपुगेका छन्। सुदूरपश्चिम नेपाली समाज भिक्टोरीयाको आयोजनामा हुन लागेको विशु पर्व कार्यक्रमका लागि उनी मेलबोर्न आएका हुन्। 

आउँदो शनीबार अपरान्ह साढे चारबाट मेल्बर्नको इस्टोनियन हाउसमा हुने कार्यक्रमा कोभीड १९ भ्याक्सिन सम्बन्धि जानकारी सत्र एवम् स्वयंसेवक अभिनन्दनको कार्यक्रम पनि रहेको आयोजक सुदूरपश्चिम नेपाली समाज भिक्टोरीयाको अध्यक्ष महादेव धानुकले जानकारी गराउनु भयो।

हरेक वर्षको अन्तिम दिन र वर्षको पहिलो गरी दुई दिन यो पर्व मनाउने गरिन्छ। अन्तिम दिन वर्षलाई बिदाई र सुरुको दिन स्वागत गरेर बिशु पर्व मनाउने गरिन्छ। 

आफन्त परिवारजन सँगै बसेर मिठो मसिनो पकाएर खाने, सँगै रमाइलो गर्ने र वर्षभरिको समीक्षा गर्ने गरिन्छ। यस पर्वलाई परिवारिक जमघटको रुपमा पनि लिइन्छ। 

‘मरुला भनेर बिशु खानु, बाँचे भनेर वल्के खानु’ भन्ने भनाइले सुदूरपश्चिममा मनाइने दुई मौलिक पर्वको विशेषता झल्काउँछ। विशु वैशाख संक्रान्तिमा मनाइने पर्व हो, भने ‘वल्के’ भदौ संक्रान्तिमा। 

वैशाख सुरु भएसँगै रोगव्याधि, महामारी र अनिकालको समय सुरु हुने भएकाले परिवारका सदस्यसँगै बसेर यो पर्व मनाउनुपर्छ भन्ने मान्यता रहिआएको जानकारहरु बताउँछन्।

प्राचीन कालमा वैशाखपछिको वर्षायामको समयमा रोगव्याधि, अनिकाल, महामारीको प्रकोप हुन्थ्यो, त्यसमा परिवारको जोकोही सदस्य जीवित नरहन सक्छ भनेर सँगै बसी मनाउन थालिएको पर्व नै बिशु हो। 

बाजुरा, डोटी, अछाम, बझाङ बैतडी, दार्चुलालगायत कर्णाली प्रदेशका जिल्लाहरुमा बाघ खेल तथा देउडा खेल खेलेर मनोरञ्जन गर्ने परम्परा छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal