eNepal

रोयल वेस्टर्न क्लवद्वारा खतिवडाको परिवारलाई आर्थीक सहयोग हस्तान्तरण

मेल्बर्नको पश्चिम क्षेत्रमा रहेको रोयल वेस्टर्न क्लबका कार्यसमिति सदस्य सुसन खतिवडाको परिवारलाई क्लवले आर्थिक सहयोग हस्तान्तरण गरेको छ। 

 २०७८ साल फाल्गुन २८ गते यानिकी १२ मार्चका दिन असामयिक निधन भएका खतिवडाको परिवारलाई क्लबको पहलमा कार्यसमिति सदस्य, स्वयंसेवक, सल्लाहकार, खेलाडी तथा क्लबका शुभचिन्तकहरुको तर्फबाट आर्थिक संकलन बुझाइएको हो।

जम्मा सङ्कलित रकम आठ हजार एक सय एक्काइस डलर उहाँको धर्मपत्नी श्रीमती दिलु लामा खतिवडाज्युलाई क्लबका पदाधिकारीहरुको उपस्थितिमा उहाँको निवासमा हस्तान्तरण गरिएको छ।  

क्लबलाई यो विषम परिस्थितिमा हातेमालो गर्दै आर्थिक रकम संकलन गर्न सहयोग पुर्याउनु हुने सम्पूर्ण महानुभावहरुमा क्लबका तर्फबाट हार्दिक आभार प्रकट गरेको छ। 

साथै दुख:द घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal