eNepal

इतिहास रच्दै टच फुटी वल्डककको उपाधी जित्न सफल भयो टिम नेपाल

अष्ट्रेलियाको भिक्टोरियामा हिजो सम्पन्न भएको फुटी वर्ल्ड कप (Touch Footy World Cup) टिम नेपालले जितेको छ। न्याभले नेतृत्व गरिरहेको नेपाल टिमले विश्वकपको डिभिजन- २ जित्न सफल भएको छ ।

अष्ट्रेलियाको भिक्टोरियामा हिजो सम्पन्न फुटी वर्ल्ड कपमा नेपाल टिमको जितसँगै डिभिजन १ मा खेल्ने ढोका खुल्ला भएको छ। 

नेपालले लिग खेलमा फिलिपिन्सलाई १३–३, ब्राजिललाई ३–० र मलावीलाई ३–१ ले हराएको थियो भने फाइनलमा नेपालले ब्राजिललाई अन्यन्त रोमाञ्चकारी खेलमा ४–३ ले हराउँदै बिजेता बन्न सफल भएको थियो।

नाइन-ए-साइडमा खेलीएको प्रतियोगितामा प्रती टोली अधिकतम १५ खेलाडी रहेका थिए।

फकनर पार्क, साउथ यारामा खेलिएका सबै खेलमा नेपालबाट क्याप्टेनमा ससेन्द्र केसी, भाइस क्याप्टेनमा रोजलीना महर्जन, आदर्श पौड्याल, जेम्स थापा, दीपेन्द्र खड्का, रोशन कँडेल, रेन्बो अधिकारी, बबी लामा, सूरज श्रेष्ठ, उज्जल अधिकारी, बिसिष्ट दुरा, श्रवण रोका रहेका थिए भने प्रशिक्षकमा महादेव धानुक, प्रबन्धकमा रोशन दाहाल, उप संयोजकमा दिप चन्द अनि संयोजकमा प्रेमराज उप्रेती रहनु भएको थियो।

प्रतियोगितामा नेपालसंगै फिलिपिन्स, मेक्सिको, मलावी, स्विजरल्याण्ड, ब्राजिल, न्यूजील्याण्ड, वेल्स गरी ८ टिमको सहभागिता रहेको थियो।

नेपाल टिमको सहभागिताका लागि न्याभले नेतृत्व गरिरहेको छ भने रोयल वेस्टर्न क्लबले सहकार्य गरेको थियो भने एनआरएनए भिक्टोरिया सपोर्टरका रुपमा रहेको थियो।

अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको तीन दशक लामो इतिहासमा पहिलो पटक नेपाली  टिमले फूटी प्रतियोगितामा सहभागीता जनाउँदै ट्रफी उचाल्न सफल भएको हो।

अष्ट्रेलियन फुटबल इन्टरनेशनल (एएफआई) द्वारा सांस्कृतिक र भाषिक रूपमा विविध समुदायमा फुटीको नयाँ संस्करण प्रवर्द्धन गर्न टच फुटी विश्वकप आयोजना गरिएको हो।

टिम नेपाललाई नयाँ खेल सिक्ने र अनुकूलन गर्न मात्र नभई “च्याम्पियन्स” को रुपमा आफुलाई चिनाउन गरिएको कडा परिश्रम र अतुलनीय प्रयासको लागि न्याभका उपाध्यक्ष एवम् संयोजक प्रेमराज उप्रेतीले धन्यबाद दिदै टिम नेपालको प्रशंसा गर्नु भएको थियो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal