eNepal

चन्द्र सूर्य अंकित जर्सी सहित फुटी वर्ल्ड कपको पहिलो खेलमा नेपाल टिम फिलीपिन्ससँग भिड्दै

अष्ट्रेलियाको भिक्टोरियामा आज आयोजना हुन लागेको फुटी वर्ल्ड कप (Touch Footy World Cup)को लागि चन्द्र सूर्य अंकित जर्सी सहित नेपाल टिम तयारी अवस्थामा रहेको छ।

प्रतियोगितामा नेपालसंगै फिलिपिन्स, मेक्सिको, मलावी, स्विजरल्याण्ड, ब्राजिल, न्यूजील्याण्ड, वेल्स गरी ८ टिमको सहभागिता गर्दैछन्।टिम नेपालको क्याप्टेनमा ससेन्द्र केसी, भाइस क्याप्टेनमा रोजलीना महर्जन, आदर्श पौड्याल, जेम्स थापा, दीपेन्द्र खड्का, रोशन कँडेल, रेन्बो अधिकारी, बबी लामा, सूरज श्रेष्ठ, उज्जल अधिकारी, बिसिष्ट दुरा, श्रवण रोका रहेका छन् भने प्रशिक्षकमा महादेव धानुक, प्रबन्धकमा रोशन दाहाल अनि संयोजकमा प्रेमराज उप्रेती रहेका छन्।

नेपाल टिमको सहभागिताका लागि न्याभले नेतृत्व गरिरहेको छ भने रोयल वेस्टर्न क्लबले सहकार्य गरेको छ र एनआरएनए भिक्टोरिया सपोर्टरका रुपमा रहेको छ। त्यसैगरी, न्याभ उपाध्यक्ष प्रेम राज उप्रेती संयोजक रहनुभएको छ।

अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको तीन दशक लामो इतिहासमा पहिलो पटक नेपाली  टिमले फूटी प्रतियोगितामा सहभागीता जनाउन लागेको हो।

मेल्बर्नको फक्नर पार्क साउथ यारा रग्बी फिल्डमा बिहान ९ बजेदेखि सुरु हुने टच फुटी वर्ल्ड कपमा प्रत्येक टोलीले ३० मिनेटको तीनवटा खेल खेल्नेछन् भने शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन्।

नाइन-ए-साइडमा हुने प्रतियोगितामा प्रती टोली अधिकतम १५ खेलाडी रहनेछन्।कार्निवल प्रकारको वातावरण बनाउन प्रत्येक खेल ३० मिनेटको हुनेछन् भने प्रत्येक खेलमा २ x १२ मिनेटको हाफ अनि थप २ मिनेट हाफ टाइम हुनेछ।

नेपालको खेल बिहान १० बजे फिलिपिन्ससंग, ११:२० मा ब्राजिलसंग, १२:४० मा युनाइटेड नेशनसंग हुनेछ। प्रतियोगिताको फाइनल खेल डिभिजन २ को दिउँसो २:४० मा र डिभिजन १ को दिउँसो ३:२० मा हुनेछ। 

न्याभले शुक्रबार एक कार्यक्रम आयोजना गरी खेलाडीहरुलाई जर्सी वितरण गरेको हो। चन्द्र सूर्य अंकित तथा नेपालको राष्ट्रिय झण्डाका रंगहरुले सजाइएको जर्सी हस्तान्तरण गरेको थियो।

कार्यक्रममा मोरल्याण्ड काउन्सिलर सु बोल्टन र सीएलएनएफका अध्यक्ष ट्रेभर प्रमुख अतिथि रहनुभएको थियो। त्यसैगरी, जनसम्पर्क समितिका अध्यक्ष बिनित राज शर्मा, एनआरएनए भिक्टोरियाका संयोजक हरि खड्का, एएनएमसीका सचिव नारायण काफ्ले, न्याभका सल्लाहकार सुनिल भण्डारी, फारवेस्टर्न कम्युनिटीका अध्यक्ष महादेव धानुक, भीएनसीएका अध्यक्ष सुजित बस्नेत, आइआरएम रियाल्टिबाट सुरेश महर्जन, न्याभका सदस्यद्वय हेमराज चालिसे र कृष्ण चालिसे, यात्रा द कनेक्सनका सीईओ सविन अधिकारी, भीएनसीएका सल्लाहकार राजन मास्के लगायत अतिथिहरुको सहभागिता रहेको थियो। 

कार्यक्रममा संयोजक प्रेम राज उप्रेतीले टुर्नामेन्टको ढाँचा तथा नियमको बारेमा सबैलाई प्रष्ट पार्नुभएको थियो। त्यसैगरी उहाँले टुर्नामेन्ट खेल समय तथा प्रतियोगिताबारे जानकारी गराउनुभएको थियो। प्रतियोगितामा सहभागी हुन लागिरहेको टिमलाई कार्यक्रम संचालक तथा न्याभका कोषाध्यक्ष यकिन्द्र तिमिल्सिनाले विशेष शुभकामना दिनुभएको थियो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal