eNepal

मेल्बर्नमा एएनपीएलले निशुल्क ड्राईभीङ तालीम दिदै

विगत ८ बर्षदेखि अस्ट्रेलीयाका बिभीन्न राज्यहरुमा निशुल्क जिवन उपयोगी तालीम दिदै आएको अस्ट्रेलिया नेप्लिज पब्लिक लिङक (एएनपीएलले) मेल्बर्नमा ड्राईभीङ सम्बन्धी तालीम निशुल्क दिने भएको छ।

भिक्टोरीया राज्यमा सवारीचालक अनुमतिपत्र लिने प्रकृयाको बारे जानकारी सहित १० घन्टा बराबरको सैद्धान्तिक सडक ड्राइभिङ सम्बन्धी नियमहरु र एक अनुभवी ड्राइभिङ प्रशिक्षकसंग निशुल्क ३ ड्राइभिङ क्लास प्रदान गर्ने छ।भर्खर अस्ट्रेलिया आउनु भएको वा पिआर र सिटीजन भईसकेका जो सुकै नेपाली मूलका महानुभाबहरुले यो तालीम लिन सक्ने छन्।

यदि तपाईहरुले ड्राइभिङको तालिम ड्राइभिङ प्रशिक्षकसंग लिदै हुनुहुन्छ भने ३ वटा सम्म क्लासको पैसा एएनपीएले तिरिदिने एएनपीएलका अध्यक्ष निराजन गौलीले जानकारी गराउनु भयो।

मान्यता प्राप्त सडक सुरक्षा लेखा परीक्षक र भिक्टोरीया पुलीस अफीसरको सहकार्य र भिक रोड्सको आर्थिक सहयोगमा आयोजना हुन लागेको यस तालीमको लागि तपाईहरुले EOI फर्म भर्नुपर्नेछ। EOI को लिङ्कको लागि यहाँ क्लिक गर्नु होला।

https://docs.google.com/forms/d/e/1FAIpQLScRIlK1B2oYfqDECHf4T7SBcRf-bN59GFtl_jeDVNOm01889Q/viewform?vc=0&c=0&w=1&fbclid=IwAR1ObuTDpmCVs5c86kEmgUPSp9TUPfJrYT-em7uv_UE8Y5K2YUJN7Ba5mq8

यदि तपाईहरु योग्य हुनुभयो भने इमेल मार्फत जानकारी गराइने अध्यक्ष गौलीले जानकारी गराउनु भयो। सिट सिमित भएकोले पहिले आउनेलाई पहिलो सेवाको निति अबलम्बन गरिएको छ।

एएनपिएल एक नाफा रहित गैर सरकारी समुदाय संगठन हो जसले सन् २०१४ देखी अस्ट्रेलियाको नेपाली समुदायमा मानसिक रोगको रोकथाम, मानसिक स्वास्थ्य प्राथमिक उपचार तालिमका अलावा  सडक तथा पैदल यात्री सुरक्षा, पानी सुरक्षा, घर र कार सुरक्षा परियोजना सम्बन्धी बिभीन्न नवीन कार्यक्रमहरू समुदाएलाई दिदै आएको छ जुन नेपाली समुदायमाँझ अत्यन्त सान्दर्भिक र धेरै आवश्यक रहेको छ। 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal