eNepal

द हिमालयन क्रिकेट क्लबले बाजी मार्यो कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभलको उपाधी

कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल २०२२ को उपाधी द हिमालयन क्रिकेट क्लबले जितेको छ। १९ मार्च देखि २७ मार्च सम्म दुई सप्ताहान्त सम्म चलेको क्रिकेट कार्निभलको दोस्रो संस्करण द हिमालयन क्लबको होम ग्राउन्ड टीडब्ल्यू ब्लेक पार्क, ६३ गोवर स्ट्रीट प्रेस्टन ३०७२ मा आयोजना गरिएको थियो।

प्रतियोगिताको फाइनलमा द हिमालयनले एक्स्पर्ट सगरमाथा ब्लुजलाई १०७ रनको विशाल अन्तरले पराजित गरेको थियो। द हिमालयनले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा ब्लुजले ९५ रन मात्र बनाउन सक्यो। लक्ष्य पछ्याउने क्रममा सगरमाथा ब्लुजका सुमित चौधरीले ३९ तथा पारस लामिछानेले ३४ रन बनाएता पनि जित्न पर्याप्त रहेन। द हिमालयनका बलर उदय देवकोटा एक्लैले ३२ रन खर्चेर ४ विकेट हात पारे भने केशव पन्तले १४ रन खर्चेर ३ विकेट लिन सफल भए।

टस जितेर पहिले ब्याटिंग गरेको द हिमालयन क्लबले निर्धारित १०० बलमा ५ विकेट क्षेतीमा २०२ रन बनायो। उसको लागि रमनित सिंहले सर्वाधिक ९५ रन तथा केशव पन्तले ६० रन बनाए। एक्स्पर्ट सगरमाथाका बलर हम्जा अलिले २ तथा हर्भीन्दर सिंहले १ विकेट लिए।

फाइनल खेलको प्लेयर अफ द म्याच अलराउण्डर योगदान दिएका केशव पन्त घोषित भए। प्लेयर अफ द सिरिज द हिमालयन क्लबका सरोज क्षेत्री, इमर्जिङ प्लेयर अफ द सिरिज गोरखाली क्रिकेट क्लवका सुरेश क्षेत्री, उत्कृष्ट ब्याट्सम्यान एक्सपर्ट सगरमाथा ब्लुजका हरविन्दर सिंह बन्न सफल भए। त्यस्तै उत्कृष्ट बलर गुल्मी टाइगर्सका हेमु बुढाथोकी र उत्कृस्ठ फिल्डरको उपाधी एक्सपर्ट सगरमाथा ब्लूजका दिनेश सापकोटाले हात पार्न सफल भए। सबै बिजेताहरुलाई  १०० डलर नगद र ट्रफी प्रदान गरिएको थियो।

द हिमालयन क्लब, एक्सपर्ट सागरमाथा ब्लुज, रोयल राइनोस क्रिकेट क्लब, मेभन क्रिकेट क्लब, फार वेश्टर्न हन्टर्स, गोर्खाली क्रिकेट क्लब, एभरेस्ट लायोन्स, गल्मी टाइगर्स गरेर आठ टिमहरुको सहभागीता  रहेको थियो।

प्रतियोगितामा प्रथम हुनेलाई $३००० र दोश्रो हुनेलाई $१००० नगद राशीको साथमा कप, पदक र प्रमाणपत्रको व्यबस्था गरिएको छ।

कार्निवल भव्यताका सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै आयोजक क्लवका अध्यक्ष केशव सापकोटाले सम्पुर्ण सहभागी टिम, प्रायोजक संस्थाहरु, स्वयंसेवक, संघसंस्थाका प्रतिनिधि, समुदायका अगुवाहरु, कार्निवल संयोजक टिम लगायत मिडीया टिमलाई प्रति आभार व्यक्त गर्नु भएको थियो।

अन्तिम दिनको सेमीफाइनल, फाइनल र पुरस्कार वितरण समारोहको प्रत्यक्ष प्रशारण इनेपाल टिभी एचडी, द हिमालयन क्लव र विकेट नेपालले एकै साथ गरेको थियो।

https://fb.watch/c2y9kt4NzF/

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal