eNepal

पाको फेस्टीभलमा जिलोङ नेप्लिज एसोसिएसनको उत्कृस्ठ प्रदर्शन

जिलोङको सबैभन्दा जीवन्त र समावेशी नेपाली संस्था जिलोङ नेपाली एसोसिएसनले जिलोङ र बर्वोन दक्षिण पश्चिम क्षेत्र वरिपरी बस्ने नेपाली समुदाएको सकृय सहभागितामा नेपाल र नेपालीहरूको प्रतिनिधित्व गर्दै  १०औं वर्षको पाको फेस्टा सफलतापूर्वक सम्पन्न गरेको छ।

कार्यक्रमको पहिलो चरणमा नेपालको सँस्कृती, कला अनि परम्परा झल्काउन नेपालको बिभिन्न क्षेत्रबाट अस्ट्रेलिया आएर जिलोङमा बसोबास गरी राख्नु भएका समुदाएका सदस्यहरुले आफ्नो मौलिक पहिरन लगाएर र्‍याम्पमा  हिडेर प्रदर्शन गरेका थिए थियो भने दोस्रो चरणमा बिभिन्न जातीको पहिचान झल्काउन नृत्यहरु प्रस्तुत गरिएको थियो ।

जिएनएका अध्यक्ष निरज करन्जीतले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नु हुने सितु श्रेष्ठ, कृति श्रेष्ठ, अञ्जली अर्याल, अञ्जना बानिया, रिया तामाङ, इभा न्यौपाने, श्रीविन आर्चार्य, मुस्कान करन्जीत र भिक्टोरियन बहुसांस्कृतिक आयोग, बर्वोन दक्षिण पश्चिमका प्रथम नेपाली महिला क्षेत्रीय सल्लाहकार उसबी तौजलेलाई हार्दिक धन्यवाद दिनु भयो ।

दर्शक श्रोताहरूले भरपुर मनोरन्जन लिएको उक्त समारोहमा जिएनएका प्रस्तुती आकर्षक र जिवन्त रहेको धारणा राखेका थिए।उपस्थित सबैले नेपालको जातिए विविधता अनि मौलिकतालाई प्रवासमा बचाइ राख्न बिगत लामो समयदेखी जिएनएले खेलेको भुमीकाको मुक्तकण्ठले प्रशंसा गरेका थिए।

जिएनएका कोषाध्यक्ष नवीन नायकका अनुसार अर्को वर्षको पाको फेस्ट २५ फेब्रुअरी २०२३ को लागि अहिले देखिनै तयारी शुरु गरिएको र आउँदो बर्षको महत्सवलाई फरक अनि भव्य तरिकाले मनाउने योजना रहेको जानकारी गराउनु भयो।

जिलोङ नेपाली एसोसियसनलाई प्रवर्द्धन, समर्थन र प्रोत्साहन गर्नको लागि आफ्नो बहुमूल्य समय छुटाएर आउनु भएकोमा सबै समुदायका सदस्यहरूलाई अध्यक्ष निरज करणजीतले धन्यवाद दिनु भएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal