eNepal

दिदीबहिनी समाज भिक्टोरियाले अन्तर्राष्ट्रिय नारी दिवस बिशेष समारोहका साथ मनाउदै

दिदीबहिनी समाज भिक्टोरियाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आगामी ११ मार्चमा Glenroy Uniting Church मा विशेष समारोह आयोजना गर्ने भएको छ।

Break the Bias’ भन्ने स्लोगनको साथमा  मनाउन लागिएको बिशेष कार्यक्रम महिला समानता र जागरूकताका लागि विश्वभर बिभीन्न कार्यक्रम गरेर मनाइन्छ।

दिदीबहिनी समाज भिक्टोरीयाले बिगत केही बर्ष देखी महिलाहरूको सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक उपलब्धिहरूको उत्सवको रुपमा महिलाहरुलाई प्रेरणा र उनीहरुले गरेका उपलब्धिहरूको सम्मान, कदर र प्रशंसा गर्ने अवसरको रुपमा यो दिवश मनाउदै आएको छ।

समाजले लैङ्गिक समानतालाई गति दिन र लैङ्गिक असमानता विरुद्ध सचेतना जगाउनको लागि बिभीन्न कार्यक्रमहरु गर्ने गरेको छ।

सोही अवसर पारेर स्थानीय समुदायका महिला व्यवसायी, सञ्चारकर्मी र नेपाली समुदायका सदस्यहरूलाई समाजले विधिवत आमन्त्रण गरिएको छ। 

कार्यक्रमको मुख्य उद्देश्य विगतमा महिलाहरूले हासिल गरेका उपलब्धिहरूको प्रशंसा गर्दै नेपाली महिलाहरूको आवाज, अनुभव र उपलब्धता, सशक्तिकरण र लैङ्गिक समानतामा खेलेको भूमिकालाई उजागर गर्ने रहेको छ।

कार्यक्रमको मुख्य आकर्षणमा “Nepalese Women’s Tales of Resilience” नामक पुस्तक लेखन परियोजना शुभारम्भ गरिने भएको छ। उक्त परियोजना अन्तर्गत अष्ट्रेलियामा रहेका नेपाली आप्रवासी महिलाहरूको प्रतिकूलता, लचिलोपन र बृद्धिको अन्तरंग कथाहरू सङ्ग्रहीत रहेका छन्।

साथै यदि कोही आफ्नो कथाहरू सो पुस्तकमा राख्न इच्छुक हुनुहुन्छ भने दिदीबहिनी समाज भिक्टोरीयालाई सम्पर्क गर्न सक्नु हुनेछ वा तल दिएको लिङ्क मार्फत आफ्नो कथा पठाउन सक्नु हुनेछ।

https://docs.google.com/forms/d/e/1FAIpQLSfeHI2FUmi0mNLWBFq_YotepJabwP6Kz61P-NC_7EinzsJc3g/viewform

त्यस्तै नेपाली महिला उद्यमीहरूको व्यबसायीक प्रदर्शनीपनि कार्यक्रममा राखिने समाजकी अध्यक्ष जमुना पराजुलीले जानकारी गराउनु भएको छ।साथै ऊर्जावान नेपाली महिला उद्यमीहरूले आफ्नो व्यवसायको संक्षिप्त रूपमा परिचय दिने र आफ्ना उपलब्धिहरू प्रकाश पार्ने बताउनु भयो।यस्तो प्रदर्शनले अन्य महिलाहरूलाई प्रोत्साहित गर्न र आफैलाई प्रोत्साहन गर्न थप मद्दत गर्ने छ। साथै सफल उध्धमीका सफलताका कथाहरूलाई सुन्ने अवसर मिल्नेछ।

Event details:

Date: 11 March 2022 | Friday

Time: 4 pm onwards

Venue: Glenroy Uniting Church, 70 Wheatsheaf Road, Glenroy 3042

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal