eNepal

मेल्बर्नमा भोली भव्यताका साथ महाशिव रात्री पर्व मनाउने तयारी

हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्री भोली मेल्बर्नमा पनि धुमधामका साथ मनाइने भएको छ। लिभीङटन सामुदायीक केन्द्र क्रेन्बर्न इस्टमा आयोजना गर्न लागिएको महा शिवरात्री पर्व कार्यक्रम भब्यता साथ मनाउन  लागिएको पण्डीत शंकर प्रसाद गौतमले जानकारी गराउनु भएको छ।पाएक पर्ने र  समयले भ्याए सम्म सबै मेल्बर्नवासी नेपाली समुदाएलाई यसै सूचनालाइ आधार मानेर उपस्थिती हुन समेत उहाँले आग्रह गर्नु भएको छ।

भोली बिहान नौ बजेबाट शुभारम्भ हुने सो कार्यक्रमको संयोजक लालप्रसाद कँडेल, केसी नेपाली समाजका भिस्म पाठक र नसीमले संयुक्तरुपमा गर्नु भएको छ भने बाँकी पूजापाठ पण्डीत शंकर गौतमले सन्चालन गर्नु हुनेछ।

भोली हुने बिषेश कार्यक्रममा शिव पुजा, रुद्रीपाठ, आरती, भजन, किर्तन गरिने आयोजकले जानकारी गराउनु भयो।

शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ ।

सम्पूर्ण दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने शिवको अति प्यारो दिनका रूपमा भोलीको दिनलाई लिइने प्रचलन छ । व्रतमा सर्वात्तम व्रतका रुपमा लिइने यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

यस पर्वका दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप्ने गरेमा सर्व्सिद्ध भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुने प्राचीन जनविश्वास छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal