eNepal

होली पर्व मनाउन मेल्बर्नका नेपाली व्यवसायीहरु एकजुट हुँदै

अस्ट्रेलीयाको मेल्बर्नमा रहेका नेपाली व्यवसायीहरु होली पर्वलाई भव्य रुपमा मनाउन यो बर्ष एकैसाथ जुटेका छन्। असत्यमाथि सत्यको जित, आपसी सद्भाव र सामाजिक एकताको सन्देश पस्किने पर्व होलीलाई उत्साहका साथ मनाउन मेल्बर्नका नेपाली व्यवसायीहरु एकै ठाउँमा जम्मा भएर हर्षोल्लासका साथ मनाउन विभिन्न कार्यक्रमहरुको तयारीमा जुटेका हुन्।

सल्भ एजुकेशन कन्सल्टेन्सी तथा मुस्ताङ प्यालेसले आयोजना गर्न लागेको यस बिशेष कार्यक्रमलाई अन्य व्यबसायीहरुको सहयोग रहेको छ।

आगामी मार्च १९, शनिबारका दिन दिउँसो २ बजेदेखि ६ बजेसम्म संचालन हुने होली कार्यक्रम कोबर्ग लेक रिजर्भमा हुनेछ।

आउ साथी बनौ, सवै मिलेर होली खेलौं” भन्ने नाराको साथ मनाउन लागिएको यो रङ्गहरुको पर्वले समुदायमा मित्रता, भाइचारा तथा सद्भाव बढाउंने विस्वास लिएको छ।

लामो समयको लकडाउन पछि समुदाएलाई प्रत्यक्ष भेटघाटको अवसर जुटाउन यो कार्यक्रमको आयोजना गरिएको सोल्भ एजुकेसनका डाइरेक्टर सुमन अधिकारीले जानकारी गराउनु भयो। यो कार्यक्रमले समुदाएलाई एकजुट मात्रै नबनाएर नेपाली व्यवसायीहरुको समाज प्रतिको दायीत्वबोध झल्काउने अवसरको रुपमा यस कार्यक्रमलाई लिएको बताउनु भयो।

कार्यक्रममा रङ्गहरुको अलावा गीत-सगीत, सांस्कृतिक प्रस्तुति, बिभीन्न मनोन्जनात्मक खेल, बार्बिक्युको साथमा अन्य क्रियाकलाप पनि  रहने छन्।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal