eNepal

फेसबुकका डेली एक्टिभ युजर घट्दै

आफ्नो १८ वर्षको इतिहासमा पहिलो पटक, सामाजिक सञ्जाल फेसबुकले आफ्नो दैनिक सक्रिय प्रयोगकर्ता (डेली एक्टिभ युजर्स) को संख्यामा गिरावट आएको बताएको छ ।

फेसबुकको मूल कम्पनी मेटा नेटवर्क्सले डिसेम्बरको अन्त्यसम्मको तीन महिनामा दैनिक सक्रिय प्रयोगकर्ताको संख्या १.९३० बिलियनबाट घटेर १.९२९ बिलियन पुगेको जनाएको छ।

टिकटक र युट्युबजस्ता प्रतिद्वन्द्वीहरूको तुलनामा आम्दानी पनि कम हुने कम्पनीको आशंका छ । साथै विज्ञापन कम्पनीहरूले आफ्नो खर्च कटौती गरिरहेका छन् ।

बुधवार १२१ बिलियन डलरको कुल सम्पत्तिका साथ जुकरबर्ग विश्वको सातौं धनी व्यक्ति थिए, तर बिहीबार बजार बन्द हुँदासम्म उनी शीर्ष दसको सूचीबाट बाहिरिन सक्छन्।

मेटाको सेयर मूल्यमा आएको गिरावटले कम्पनीको सेयर बजार मूल्यमा २०० अर्ब डलरभन्दा बढी घाटा पुगेको छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal