eNepal

रसियन खेलाडी मेड्भेडेभलाई ३-२ सेटले पराजित गर्दै नाडालले रचे इतिहास

साढे ५ घण्टा भन्दा लामो अत्यन्त रोमाण्चक प्रतीस्पर्धात्मक खेलमा नाडालले रसियन खेलाडी ड्यानियल मेड्भेडेभलाई ३-२ सेटले पराजित गरेका हुन् । उत्कृष्ट पुनरागमन गर्दै राफेल नाडालले आइतबार दोस्रो वरीयाताका ड्यानिल मेदभेदेभलाई हराउँदै अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् ।

नाडालले शुरुका दुई सेट लगातार हारेर खेलमा कमब्याक गर्दै अस्ट्रेलियन ओपनको उपाधि जितेका हुन् । उनले २-६, ६-७ (७-५), ६-४, ६-४ र ७-५ ले  मेड्भेडेभलाई पराजित गरेका हुन् । 

नाडालाले कीर्तिमानी २१औं पटक ग्रान्डस्लाम जितेर नयाँ रेकर्ड बनाएका हुन् । छैटौँ वरीयाता प्राप्त स्पेनिसका नाडालको यो कीर्तिमानी २१औँ ग्रान्ड स्लाम उपाधि हो । यससँगै उनी २१ ग्रान्ड स्लाम उपाधि जित्ने पहिलो खेलाडी बनेका छन् ।

उनी टेनिसको इतिहासमा अब सबैभन्दा बढी ग्राण्डस्लाम जित्ने खेलाडी बनेका छन् । नाडालले नोभाक जाकोभिच र रोजर फेडेररलाई उछिनेर यो रेकर्ड बनाएका हुन् ।  जाकोभिच र फेडेररले समान २०-२० ग्राण्डस्लाम जितेका छन् । 

यसअघि उनले २००९ मा अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए । त्यसयता चार पटक फाइनल पुगेर पनि नाडालले उपाधि जित्न सकेका थिएनन् ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal