eNepal

अष्ट्रेलियन नेपाली बहु-सांस्कृतिक केन्द्रको बार्षिक साधारण सभा हुँदै

भिक्टोरियाबासी नेपालीले गर्वका साथ नेपाली सामुदायिक केन्द्र बनाउन खडा गरेको संस्था अष्ट्रेलियन नेपाली बहुसाँस्कृतिक केन्द्रले बार्षिक साधारण सभा आयोजना गर्ने भएको छ।

आगामी २९ जनवरी शनिवार अपरान्ह १ः३० बजेबाट अनलाई प्रबिधी जूमबाट हुने साधारण सभामा उपस्थिती जनाउन सम्पुर्ण सदस्यहरुलाई एएनएमसीले अनुरोध गरेको छ।

आफ्नो अफिसीयल पेज माफर्त सुचना सम्प्रेषण गर्दै केन्द्रसँग उपलब्ध ईमेल मार्फत  सबै सदस्यहरू, संरक्षकहरू, दाताहरू, पूर्व अध्यक्षहरू, समुदायका अगुवाहरू र कार्यकारिणी सदस्य महानुभावहरुलाई ईमेल पठाई सकिएको एएनएमसीका अध्यक्ष राजेश आचार्यले जानकारी गराउनु भयो।यदि तपाई यस संस्थासँग आबद्द सदस्य हुनुहुन्छ र ईमेल प्राप्त गर्नुभएको छैन भने ईमेल उपलब्ध गराईदिनु हुन र यसै समाचारलाई आधिकारिक सूचना मानि कार्यक्रममा उपस्थित भईदिनु हुन समेत सादर अनुरोध गर्नु भएको छ।

कोभीड महामारीको कारण समुदाएसँग प्रत्यक्ष भेटघाटको साथमा नेपाली सामुदायिक केन्द्रको पछिल्लो अवस्थाबारे जानकारी गराउन असमर्थ रहेको जनाउदै यो बिसम् परिस्थीतीमा सबैलाई सुरक्षित रहन आग्रह गर्दै भर्चुअल माध्यमबाट आयोजना गर्न लागिएको साधारण सभामा सहभागीता जनाएर आफ्नो राय सल्लाह र सुझाव दिन समेत आग्रह गरिएको छ।

नेपाली कला, संस्कृतिको प्रबर्द्धन गर्ने उदेश्यले गठन गरिएको यस अष्ट्रेलियन नेपाली बहुसाँस्कृतिक केन्द्रले भिक्टोरियामा पशुपतिनाथ मन्दिर र बौध्द गुम्बासहितको बहुसांस्कृतिक केन्द्र बनाउन मेलवर्नको उत्तर पश्चिमी भेग डिगर्स रेस्ट भन्ने ठाऊँमा १५ एकड (करिब ६०,७०० बर्ग मिटर  वा १२० रोपना बराबर) जग्गा खरिद गरि सकिएको छ।

Zoom link:

https://us02web.zoom.us/j/84904157389?pwd=ZHRXbFQrWDdLRWRVYkVBNE9aU3hhdz09

Meeting ID: 849 0415 7389

Passcode: 243261

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal