प्यारालम्पिक च्याम्पियन डिलन एल्कोट २०२२ अष्ट्रेलियन अफ द इयर घोषित भएका छन्।
अवार्डको ६२ वर्षको इतिहासमा पहिलो पटक अपाङ्गता भएका व्यक्ति अस्ट्रेलियन अफ द इयर घोषित भएका हुन्।
३१ वर्षीय एथलीट, प्यारालिम्पियन डिलन एल्कोटले आफ्नो खेल र आफ्नो अपाङ्गता जागरूकता कार्यका लागी प्रतिष्ठित पुरस्कार प्राप्त गरेको हुन्।
उनले ह्वीलचेयर बास्केटबलमा प्याराओलम्पिक खेलहरूमा स्वर्ण पदकको साथ आफ्नो एथलेटिक क्यारियर सुरु गरेका थिए।त्यसपछि खेलकुदलाई टेनिसमा बदलेका थिए। उनीसँग २३ क्वाड व्हीलचेयर ग्रान्ड स्ल्याम र न्यूकम्बे पदक र टेनिसको गोल्डेन स्ल्याम जित्ने इतिहासमा पहिलो खेलाडी बनेका छन्।।
तर एल्कोटको खेलकुद उपलब्धिहरू उनलाई अष्ट्रेलियन अफ द इयर घोषित गर्नुको मुख्य कारण नभइ उनी अपाङ्गता भएका अष्ट्रेलियालीहरूलाई उत्थान गर्ने कामका लागि पनि चिनिन्छन्।
सन् २०१७ मा उनले अपाङ्गता भएका सीमान्तकृत अष्ट्रेलियालीहरूलाई छात्रवृत्ति प्रदान गर्न र अनुदान प्रदान गर्न डिलन एल्कोट फाउन्डेसनको स्थापना गरेका थिए र त्यही वर्ष उनले असक्षमता र पहुँच प्रशिक्षण स्टार्ट-अप गेट स्किल्ड एक्सेसको सह-स्थापना गरे।
उनले एबिलिटीफेस्ट नामक अष्ट्रेलियाको पहिलो र एकमात्र समावेशी, पूर्ण रूपमा पहुँचयोग्य संगीत महोत्सवको आयोजना गरेर सबैभन्दा धेरै बिक्री हुने आत्मकथा एबल लेखेका छन्।
सन् २०१४ मा द स्टारलाइट फाउन्डेसन र चिल्ड्रेन च्यारिटी को लागी कोष जुटाउन २४ घण्टा नन-स्टप – ह्वीलचेयर टेनिस को सबैभन्दा लामो निरन्तर खेल्दै विश्व कीर्तिमान समेत बनाएका छन्।
उनले २००८ मा केवल १८ वर्षको उमेरमा अर्डर अफ अष्ट्रेलिया प्राप्त गरेका थिए भने सन् २०१६ या जिक्यु स्पोर्ट्सम्यान अफ द इयर र २०१६ मै प्यारालिम्पियन अफ द इयर घोषित भएका थिए।

