अष्ट्रेलियाले टेनिस स्टार नोभाक जोकोभिकका भिसा दोस्रोपटक पनि रद्द भएको छ ।सरकारको यो निर्णयपछि अब अष्ट्रेलियाली ओपन टुर्नामेन्टमा २१ औं ग्रान्डस्लाम जित्ने उनको अपेक्षामा धक्का लागेको छ । अध्यागमनमन्त्री एलेक्स हकले विशेषाधिकार प्रयोग गर्दै जोकोभिकको भिसा स्थगित गर्ने निर्णय गरेका हुन् ।
गत सोमबार अदालतले सरकारको निर्णय उल्टाउँदै अध्यागमन हिरासतबाट रिहा गर्न सरकारलाई आदेश दिएको थियो । शुक्रबार जोकोभिकको निर्णय सुनाउँदै अध्यागमन मन्त्रीले ‘१३३ सी (३)को खण्ड प्रयोग गर्दै जोकोभिकको भिषा रद्द गर्ने निर्णय गरेको जनाएका छन्।
अस्ट्रेलियन ओपन खेल्न मेलवर्न पुगेका जोकोभिकले आगामी सोमबार पुरुष एकलमा प्रतिस्पर्धा गर्ने खेल तालिका रहेको छ।

