भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ३४ हजार ८ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ७८ हजार ९३ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या १ लाख ६१ हजार ६५ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १२ हजार ५ सय ६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ५१ लाख ४६ हजार २ सय ९१ पुगेको छ।
न्यु साउथ वेल्समा २० हजार २ सय ९३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने १८ जनाको मृत्यु भएको छ। त्यस्तै २ हजार ३० जना अस्पतालमा छन् भने १५९ जना आइसीयुमा उपचार भइ रहेको छ।

