अस्ट्रेलियाको मेलबर्नमा अबस्थित रोयल वेस्टर्न क्लबले च्यान्डलर आरटीओ एज्ड केयर एण्ड डिसएवीलीटी कोर्षसँगको सहकार्यमा दुई दिने निशुल्क प्राथमीक उपचार र सिपीआर सम्बन्धी बिशेष तालीमको आयोजना गर्ने भएको छ।
भिक्टोरीयामा रहेका नेपाली खेलकुद क्लवका खेलाडीहरुलाई दिन लागिएको यो दुई दिने तालीमका लागि इच्छुक खेलाडीहरुले एक्सप्रेसन अप इन्ट्रेस्ट जनाउदै क्लवका उपाध्यक्ष रोशन दाहाल 0411 589 726 वा क्लवका प्रबन्धक दिपेन्द्र खडका 0413 119 442 मा सम्पर्क गरेर आफ्नो सीट सुरक्षित राख्न सक्नु हुनेछ।
आगामी जनवरी १० र ११ गते Level 1 14/785 Pascoe Vale Road Glenroy मा हुन लागेको यस तालीमले प्राथमिक उपचारको महत्वलाई समुदायस्तरसम्म पुर्याउने र खेलाडीहरुलाई खेलका दौरान दुर्घटनामा हुनसक्ने मानवीय पीडालाई कम गराउने उद्देश्यले तालिमको आयोजना गरीएको आयोजक क्लबका सचीव सुशील चालिसेले जानकारी गराउनु भयो।

