eNepal

जन सम्पर्क समिति अष्ट्रेलियाद्धारा टेकनाथ दाहालको उपचारार्थ आर्थिक सहयोग

भारतको नयाँ दिल्ली स्थित AIIMS Hospital मा उपचार गरिराख्नु भएका बिरामी संखुवासभा स्याबुनका टेकनाथ जनप्रेमी दाहालको उपचारार्थ नेपाली जन सम्पर्क समिति भिक्टोरिया अष्ट्रेलियाद्धारा संकलित रकम ७७,८०० रुपयाँ समितिका अध्यक्ष बिनित शर्माले उपचारका क्रममा रहेका टेकनाथ जनप्रेमी दाहालकी बहिनी बेदा कुमारी दहालको खातामा जम्मा हुने गरी पठाउनु भएको छ ।

आर्थिक सहयोग गर्नेहरुमा बिनित राज शर्मा, नन्दा गुरुङ, राम प्रसाद कंडेल, केशब राज कंडेल, दुर्गा आचार्य, दीपक आचार्य, जमुना पराजुली, जगन्नाथ फुयाँल, प्रेम राज उप्रेती, राम गुरुङ, प्रकाश थापा, गौरब सुनार, नारायण काफ्ले, दिनेश बन्जारा, सन्तोष पाण्डे, ज्ञानेन्द्र उप्रेती, नारायण कटुवाल, हरी खड्का छन । आर्थिक सहयोगको बारेमा सबै जानकारी Jana Samparka Samiti Aus को नाममा खोलिएको फेसबुक एकाउण्टमा सार्वजनिक गरिएको छ ।

दाहालको फाेक्साेकाे जटिल दुईवटा अप्रेसन गर्नुपर्ने भएको र यो निकै खर्चिलो हुने तर निजको आर्थिक अबस्था कमजोर भएका कारण नेपाली जन सम्पर्क समिति भिक्टोरिया अष्ट्रेलियाले निजको उपचारको लागि सक्दो आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।  

आर्थिक सहयोग उपलब्ध गर्ने सबैलाई नेपाली जन सम्पर्क समिति भिक्टोरिया अष्ट्रेलियाको तर्फबाट सामाजिक सन्जाल मार्फत धन्यवाद ज्ञापन गरिएको छ ।  

आर्थिक सहयोगको लागि संयोजनकारी भूमिका समितिको कार्य समितिका सदस्य ज्ञानेन्द्र उप्रेतीले गरेका थिए ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal