eNepal

उपयुक्त प्रमाण उपलब्ध गराउन असफलहुँदा नोभाक जोकोभिकले अस्ट्रेलिया प्रवेश गर्न पाएनन्

विश्व टेनिस नम्बर १ नोभाक जोकोभिचलाई  उपयुक्त प्रमाण उपलब्ध गराउन असफलहुँदा उनको भिषा रद्द गर्दै बिहीबार अष्ट्रेलिया छोड्न भनिएको छ। अष्ट्रेलियाको सीमा बलले जोकोभिचले अष्ट्रेलियामा प्रवेशका आवश्यकताहरू पूरा गर्न उपयुक्त प्रमाणहरू उपलब्ध गराउन असफल भएले उनको भिसा रद्द गरिएको बताएको छ।

बिहीबार बिहान जारी गरिएको विज्ञप्तिमा भनिएको छ वैध भिसा नभएका वा भिसा रद्द भएका गैर-नागरिकहरूलाई हिरासतमा लिइनेछ र अस्ट्रेलियाबाट हटाइनेछ।

प्रधानमन्त्री स्कट मोरीसनले आफ्नो अफिसीयल फेसबुक साईट मार्फत सरकारको कडा सीमा सुरक्षा नीतिहरू अनुसार जोकोभिकको भिसा रद्द गरिएको बताएका छन्। उनले भनेका छन् विशेष गरी जब यो हाम्रो सिमानाको कुरा आउँछ नियमहरू नियमहरू हुन्छन्।सबैले पालना गर्नै पर्छ।

हाम्रो सरकारले हाम्रा सीमा नीतिहरू लागू हुने कुरा सधैं सुनिश्चित गर्नेछ। यी नीतिहरू अष्ट्रेलियाको लागि महत्वपूर्ण छन्। अस्ट्रेलीया कोभीडबाट विश्वमा सबैभन्दा कम मृत्यु दर छ।

हामी महामारीको सुरुमा हाम्रो सिमानामा रोक लगाउने विश्वका पहिलो देशहरू मध्ये एक थियौं, र हामी सतर्क रहन जारी राख्छौं।

विज्ञप्तीमा लेखेका छन् “हाम्रो अष्ट्रेलियाली सीमा बल अधिकारीहरू बिषेश गरेर गृह मामिला मन्त्री करेन एन्ड्रयूजलाई हाम्रो सिमाना सुरक्षित राख्ने काम गरेकोमा म धन्यवाद दिन्छु”।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal