eNepal

हङकङले अस्ट्रेलीया सहित आठ देशबाट हुने हवाई उडानमा प्रतिबन्ध

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणलाई मध्यनजर गर्दै हङकङले आठ देशबाट हुने हवाई उडानमा प्रतिबन्ध लगाएको छ ।

द्रूत गतिमा फैलने भनिएको ओमिक्रोन भेरियन्टका केस बढ्न सक्ने भन्दै हङकङले भारत‚ अस्ट्रेलिया‚ क्यानडा‚ फ्रान्स‚ पाकिस्तान‚ फिलिपिन्स‚ बेलायत र अमेरिकाबाट हुने हवाई उडानलाई दुई सातासम्मका लागि प्रतिबन्ध गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यी देशहरूमा तुलनात्मक रुपमा ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र रुपमा बढेकाले हवाई उडान बन्द गर्नुपरेको हङकङकी प्रमुख कार्यकारी क्यारी लामले बताएकी छन् ।

ओमिक्रोन संक्रमण नियन्त्रणका लागि हङकङले एक वर्षयताकै सबैभन्दा कडा रुपमा सतर्कता अपनाइरहेको छ ।हवाई उडानबाहेक हङकङले साँझ ६ बजेपछि रेस्टुरा‚ बार‚ पौडीखाना, जिमखाना‚ सभा-सम्मेलन लगायतका कार्यक्रममा समेत प्रतिबन्ध लगाएको छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal