eNepal

नयाँ भेरियन्ट ओमिक्रोनको असर फोक्सोमा कम घाँटीमा भने बढी देखिने

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण विश्वमा त्रास फैलिरहेका बेला यसले फोक्सोमा धेरै हानी नगर्ने अध्ययन सार्वजनिक भएको छ ।

बेलायतमा ६ वटा अनुसन्धान समूहले गरेको अध्ययनले ओमिक्रोन भेरियन्टले फोक्सोमा कम असर गर्ने देखिएको हो । तर, घाँटीमा भने बढी असर देखिने गरेको युनिभर्सिटी अफ लिभरपुल मोलकुलर भाइरोलोजी रिसर्ज ग्रुपले प्रकाशित गरेको अध्ययनले देखाएको बेलायती अखबार द गार्जियनले जनाएको छ ।

युनिभर्सिटी कलेज लण्डनका भाइरोलोजी  प्राध्यापक दीनन पिल्लेले अध्ययनमा ओमिक्रोन सङ्क्रमित बिरामीको फोक्सोमा कम हानी भएको पाइएको बताउनु भएको छ । मुसामा गरिएको अध्ययनले अन्य भेरियन्टले भन्दा ओमिक्रोनले फोक्सोलाई १० प्रतिशत कम हानी गरेको पाइएको हो ।

ओमिक्रोन सङ्क्रमित मुसाको तौल खासै नघटेको तथा निमोनिया भए पनि सामान्य मात्र असर देखिएको खबरमा उल्लेख छ । यो भेरियन्ट नाक तथा घाँटीमा रहरिहने भएकाले खोक्दा, हाँछ्यु गर्दा छिटोछिटो अरु व्यक्तिमा सर्ने गरेको अनुसन्धानकर्ताले बताएका छन् ।  

यस्तै, दक्षिण अफ्रिकाको तथ्याङ्कलाई आधार मान्ने हो भने पनि त्यहाँ डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोनबाट सङ्क्रमित बिरामीको ज्यान जाने जोखिम ८०  प्रतिशतले कम छ । यसअघि बेलायतको स्वास्थ्य सुरक्षा निकायले आफ्नो प्रारम्भिक अध्ययनमा पनि अन्य भेरियन्टले भन्दा ओमिक्रोन कम घातक भएको जनाएको थियो ।

अध्ययनले ओमिक्रोन भएका झण्डै ७० प्रतिशत बिरामी अस्पताल भर्ना हुनु नपर्ने देखाएको थियो ।   विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले भने केही दिन अघि ओमिक्रोन अन्य भेरियन्ट भन्दा तीव्र गतिमा फैलिने भएकाले कोरोना सङ्क्रमणको सुनामी नै आउन सक्ने चेतावनी दिएको छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal