eNepal

नेपाली जनप्रगतिशील मंञ्च अस्ट्रेलियाको पाँचौ अधिबेशन सम्पन्न, प्रबिण कंडेल अध्यक्षमा चयन

नेपाली जनप्रगतिशील मंञ्च अस्ट्रेलियाको पाँचौ अधिबेशन १८ डिसेम्बर, २०२१ मा सम्पन्न भएको छ। अधिबेशनले प्रबिण कंडेलको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा प्रबिण कंडेल, उपाध्यक्षमा हिमलाल गैर्है , कपिल पाण्डे र लोकराज पौडेल चयन भएका छन् भने महासचिबमा चुन्ना क्षेत्री, सचिबमा बिक्रम शर्मा पंगेनी, कोषाध्यक्षमा प्रतिक पोखरेल, रास्ट्रिय महिला संयोजकमा सजना मानन्धर, रास्ट्रिय युवा संयोजकमा सुजन न्यौपाने चयन भएका छन्।

त्यस्तै केन्द्रिय सदस्यहरूमा अनिल पौडेल, हेमन्त खड्का, टंक सापकोटा, कलम खड्का, खिम भन्डारी, जिबलाल न्यौपाने, सन्तोष कंडेल, रेमन केसी, आविस्कार पाण्डे, राजु ढकाल, प्रमोद दवाडी, सिताराम सापकोटा, माया प्रसाद सुवाल, गौतम लामिछाने, अनन्त पौडेल, यादव वस्याल, क्रिस भट्टराई, सुजन अधिकारी, दिपक पान्डे, राजन नेपाल, कृष्ण पौडेल, रमेश बेलबासे र  जगदिश देबकोटा चयन भएका छन्।

शनिबार सम्पन्न अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रवास समन्वय समितीका अध्यक्ष एवं प्रमुख अतिथि ओम शर्माले नेपालीहरुको हकहितको आवाजलाई बुलन्द पार्दै अस्ट्रेलियामा संगठन हाक्न सक्ने नेत्तृत्व चयन गर्न आग्रह गर्नु भएको थियो। 

कार्यक्रमका बिशेष अतिथि  एवं  प्रवास समन्वय समितीका उपाध्यक्ष लक्षमण पन्त, ओशियाना संयोजक शेषमणि शर्मा, प्रवास समन्वय समितीका सदस्य  मनरिसि धिताल, बाबुराजा महर्जन, इश्वर पौडेल, प्रकाश अधिकारि, सुनिता रेग्मि, पूर्व अध्यक्षहरु झलक राज ढुङ्गाना, भरत नेपाल, माण्डव राज कार्की, निबर्तमान उपाध्यक्ष निराजन गौली, नेपाली जनप्रगतिशील मंञ् न्युजलेण्ड का अध्यक्ष बिसाल गौतम लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो ॥

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal