eNepal

अन्तर्राष्ट्रिय विद्यार्थीका लागि खुसीको खबर, अस्ट्रेलियाको सिमा १५ डिसेम्बरदेखि खुल्ने

प्रमुख चिकित्सा अधिकारीसँगको परामर्श पछि अस्ट्रेलीयाका प्रधानमन्त्री स्कट मरिसनले अन्तर्राष्ट्रिय विद्यार्थीहरू लगाएत दक्ष कामदारहरूको लागि आगामी बुधबार १५ डिसेम्बरदेखि अष्ट्रेलिया आउन पाउने जनाएका छन्। आज उनले आफ्नो अफिसीयल फेसबुक स्टाटस मार्फत अन्तररास्ट्रिय विद्यार्थी, दक्ष कामदार र वर्किङ होलिडे भिषाधारीहरुका लागि आगामी १५ डिसेम्बरबाट अस्ट्रेलीयाको सिमा खुल्ला रहेको बताएका छन्।

https://www.facebook.com/100044561133947/posts/462543661907668/?d=n

ओमिक्रोन भेरियन्ट अस्ट्रेलीयामा देखा परेसँगै डिसेम्बर १ बाट खुल्ला गरिने भनिएको सिमा १५ डिसेम्बरसम्मको लागि थप बन्द गरिएको थियो।दुई हप्ता ढिलाइले अन्तर्राष्ट्रिय विद्यार्थीहरू र दक्ष भिसा धारकहरूलाई देश प्रवेश गर्नबाट प्रभाव पारेको थियो।

यो निर्णयले झण्डै दुई वर्षदेखि अन्तर्राष्ट्रिय सीमा प्रतिबन्धका कारण अष्ट्रेलिया भित्रीन नपाएका हजारौ भिसाबाहकहरु अस्ट्रेलीया प्रवेश गर्न थप ढिलाइको सामना गर्नुपरेको थियो।

यो समाचारसँगै पूर्ण रूपमा खोप लगाइएका भिसा धारकहरूले अब अस्ट्रेलीयाको यात्रा गर्न पाउनेछन्। प्रधानमन्त्री स्कट मोरिसनले पुन: खोल्ने निर्णय जापान र दक्षिण कोरियाका यात्रुहरूमा पनि लागू हुने पुष्टि गरेका छन्।

भिसा धारकहरूले देशमा प्रवेश गर्न अष्ट्रेलियाली थेराप्यूटिक गुड्स एड्मिनिस्ट्रेसनद्वारा अनुमोदित खोप लगाएको हुनुपर्नेछ भने प्रस्थान गरेको तीन दिन भित्रमा नेगेटिभ कोभीड १९ पीसीआर परीक्षण पनि पेश गर्नुपर्नेछ।

#नेपाली #अस्ट्रेलिया सिमाना #समाचार

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal