eNepal

नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको अधिबेशन सम्पन्न, सभापतीमा चुनीए सोम गुरुङ

नेपाली काङ्ग्रेसको भातृसंगठन नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको चौथो अधिबेशन गएको शनिबार जूम मार्फत सम्पन्न भएको छ। अधिबेशनले ६०८ नेपाली कांग्रेसका कृयासिल सदस्यहरु मनोनीत गरेको छ। वरिष्ठ नेता दुर्गा आचार्यले पदाधीकारीको नाम प्रस्ताव गर्नु भएको थियो भने प्रस्तावित सदस्यहरुलाई सबै सदस्यले अनुमोदन गरेका थिए।

नयाँ कार्य समितीको सभापतीमा सोम प्रसाद गुरुङ, उपसभापतीमा गणेश पौडेल र विवेक थापा निर्विरोध निर्वाचित भएका छन्। नेपाली जन सम्पर्क समिती अष्ट्रेलिया अन्त्रगत अष्ट्रेलियाका ८ वटा राज्य स्थित जन सम्पर्क समितीका पदेन उपसभापतीहरु चयन भएका छन्। भिक्टोरीयाबाट विनीत शर्मा, न्युसाउथवेल्सबाट थानेश्वर शाक्य, क्विनसलैण्डबाट हरि डिसी, तास्मानीयाबाट रमेश श्रेष्ठ, नर्दन टेरीटोरीबाट सविन बराल, अस्ट्रेलियन क्यापीटल टेरीटोरीबाट अशोक सुवेदी, वेस्टर्न अस्ट्रेलियाबाट दिपक पराजुली र साउथ अस्ट्रेलियाबाट प्रेम पाठक मनोनीत भएका छन्।

त्यस्तै महामन्त्रीमा रविन्द्र गौतम र अच्युत अधिकारी चुनीएका छन् भने सह महामन्त्रीमा भिक्टोरीयाबाट हेम दुलाल, न्युसाउथवेल्सबाट रामजी बस्नेत, क्विन्सलैण्डबाट वामदेब पौडेल, साउथ अस्ट्रेलियाबाट युवराज कडेल, तास्मानियाबाट रमेश पौडेल, वेस्टर्न अस्ट्रेलियाबाट रमेश बुढाथोकी, नर्दन टेरीटोरीबाट सुवास पोखरेल र अस्ट्रेलियन क्यापीटल टेरीटोरीबाट भागिरथ साकोटा चयन भएका छन् भने कोषाध्यक्षमा कल्पना बस्याल र सह कोषाध्यक्षमा आशा श्रेष्ठ चुनीएका छन्।

सदस्यहरुमा सुरेन्द्र सिग्देल, सुरेन्द्र सापकोटा, छिरीङ शेर्पा, महेन्द्र लम्साल, कन्चन पोखरेल, वुद्दी दल्लाकोटी, प्रदीप पाठक, इर्साद अहमद, सुर्य खनाल, प्रतिज्ञा अधिकारी, राज गिरी, भिम लुइटेल, सुशान्त मिक्की सुवेदी, दुर्गा आचार्य, नारायण काफ्ले, देवेन्द्र बस्नेत, सुरेश पोखरेल, राम कँडेल, आशिष पाण्डे, लाल प्रसाद कण्डेल, अभिमन्यु केसी, वसन्त पौडेल,राजु ढकाल, वेनीका थापा क्षेत्री, रमेश जोशी, प्रवीन गुरागाँइ, सुजन वाग्लेय, अनील ढकाल, रमेश पौडेल, विपी कोईराला, केशव अधिकारी, मदन पौडेल, सांगे शेर्पा, राजीव केसी, नविन विडारी, गणेश खरेल र प्रेम रावल रहेका छन्।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal