थाकेको शरीर त्यो गिलो सिरानीमा अढेस् लाए पछी महसुस हुन्छ कि म अस्ट्रेलीयामा अाइपुगेको छु! त्यो सिरानीको साइडमा चार्ज हुँदै गरेको फोनको नोटिफिकेसन बारमा रहेको अलार्मको चिन्हले मलाइ अस्ट्रेलियाको आभास गराइराख्छ| मस्तिस्कमा साथीहरुसंग घुम्न जाने सोच भन्दा आफ्नो कामको चटारोको सोचले अस्ट्रेलियाको स्मरण गराइ राख्छ| हो अस्ट्रेलियामा भासेको छु तर नासेको होइन|
सातै दिन घरमा आमैको हातको मिठो खाना खाएको यी मुख आजभोली कामको पेलाइले कति प्याकप्याक हुँदो हो| घरको कान्छो भएर जन्मिएको, वोरको सिन्का पर न सारेको यो ज्यान आज हप्ता दिनको रोस्टर अनुसार काम गर्ने भैसकेछ| घरमा दश चोटी आमाको गाली सुनेर उठ्ने यो शरीर अहिले बिहान ४ बजे उठेर नि काममा जान पछि हट्दैन| तैले गरेर खाने भैनस् भन्ने बुबाको मुखमा आज मुस्कान छ, गर्बका साथ छाती फुलाएर चोकमा बसेर चिया पिउदै आफ्नो साथीहरु संग भन्छन मेरो कान्छो अस्ट्रेलियामा छ | उहाँको यही खुसीले नै यहाँ दिन रात नभनी कर्म गर्न पनि पछि हट्दिन म | आज पनि सम्झन्छु म त्यो फ़्लाइट्को दिन| दृढ ब्यक्तित्वका साथ् आफ्नो ख्याल राखेस् भन्ने बुबाको शव्द पनि त्यस दिन कापेको थाहा पाएँ|तर आजभोलि उहाँको खुसी नै मेरो सन्तुस्टि भएको छ|
कतिपय साथीहरु अष्ट्रेलियामा आएर फ्रस्ट्रेट भएको देखेको छु| आफ्नो कर्मलाई दोष दिई दिनरात छट्पटेको देखेको छु| मेरो केबल एक प्रश्न उनिहरु सँग के यो आँफैले रोजेको बाटो हैन र? अनी कर्म नगरी मिठा मिठा सपना देखेर हुन्छ त| तर एक यथार्थ यो पनि होकी यहाँ आएका धेरैजसो नेपाली दाजुभाइ एकदम मेहेनती हुन्छन। रहरले होस् या बाध्यताले तर मेहेनत गर्ने बानी बसेको छ| संसारको जुन सुकै कुनामा पुगेर पनि आफु मेहेनत गरेर बाँच्न सक्छु भन्ने विश्वाश अष्ट्रेलियाले दिलाएको छ| हो अष्ट्रेलियाले आत्मनिर्भर बनाएको छ|
घरमा बाआमालाई ढुक्क साथ चिन्ता कहिलै नगरेस भन्न सक्ने भएको छु| धेरै पैसा कमाएर हैन कर्म गर्न सिकेर हो|
अष्ट्रेलिया आउन खोजेका दाजुभाइ तथा दिदिबहिनीलाई एउटै सल्लाह दिन चाहन्छु आउनुस् यहाँ तर कसैको भर परेर होइन मेहेनत गर्ने सोच लिएर ,बाँकी जिम्मेवारि बोध अष्ट्रेलियाले आँफै गराइ दिन्छ|
लेखकः सुरज श्रेष्ठ

