नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहेको छ ।
राति ९ बजेदेखि अहिले बिहान १ बजेसम्म मतदानको समय तय गरिएकोमा निर्धारित समय भन्दा सात घण्टापछि ४ बजेदेखि मतदन सुरू भएको हो ।
अध्यक्षका प्रत्यासीद्वय केपी शर्मा ओली र भीम रावलले मतदान गरिसकेका छन् । त्यस्तै विष्णु पौडेल, प्रदीप ज्ञवाली, शेरबहादुर तामाङ्गलगायतका नेताले पनी मतदान गरी सकेका छन् ।
प्रविधिमैत्री महाधिवेशनमा जोड दिएको एमालेले विद्युतीय मेसिङमार्फत मतदानको व्यवस्था मिलाएको छ । युवा वैज्ञानिक रामलक्ष्मणले आविष्कार गरेको विद्युतीय भोटिङ मेसिन प्रयोगका कारण मतदान, मतगणनालगायतका कार्यमा सहज र छरितो हुने बताइएको छ ।
#चितवन #नेकपा एमाले #मतदान #एमाले महाधिवेशन

