eNepal

दिदीबहिनी समाजद्वारा नेपाल स्थित पारिवारिक हिंसा पीडितहरु आश्रीत संस्थालाई सहयोग

दिदीबहिनी समाज भिक्टोरियाले पारिवारिक हिंसा पीडितहरु आश्रीत नेपालको स्थानीय गैरसरकारी संस्था आवाजलाई ५ हजार अष्ट्रेलियन डलर सहयोग हस्तान्तरण गरेको छ ।

लैङ्गिक हिंसाको बारेमा चेतना जगाउने, हिंसाका मुद्दाहरूलाई चुनौती दिने र महिला विरुद्ध हुने हिंसा अन्त्य गर्नका लागि हरेक वर्ष २५ नोभेम्बर १० डिसेम्बरसम्म लैङ्गिक हिंसा विरुद्धको १६ दिने विश्वव्यापी अभियान चल्ने गर्छ।

२५ नोभेम्बर बिहीबारलाई महिला विरुद्ध हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवसको रुपमा मान्ने गरिन्छ।महिला तथा बालबालिका विरुद्ध हुने हिंसालाई चुनौती दिदै लैङ्गिक हिंसा विरुद्ध कारबाही गर्न आह्वान गर्दै बिभिन्न अभियान र कार्यक्रमहरु विश्वभर सञ्चालित हुने गर्छन् ।

हरेक वर्ष झै यस वर्ष पनि दिदीबहिनी समाज भिक्टोरिया (DBSV) ले हिंसा विरुद्धको यो विश्वव्यापी अभियान अन्तर्गत परिवार हिंसा विरुद्ध पैदल यात्रा, The Clothesline Project, Knitting: The New Me’ लगाएत हिंसा विरुद्धको जानकारी सत्र, सामाजिक अभियान जस्ता विभिन्न कार्यक्रम आयोजना गरेको थियो।

त्यस्तै दिदीबहिनी समाज वेस्ट कमिटीले पनि २५ नोभेम्बरमा वेरेवी रीभरमा परिवार हिंसा विरुद्ध पैदल यात्रा गरेको थियो।

समाजले नेपालको मध्य-पश्चिम क्षेत्रका पारिवारिक हिंसा पीडितहरूलाई सहयोग गर्न अष्ट्रेलिएन डलर ५००० उठाइएर आवाज नामक संस्थालाई हस्तान्तरण गरेको छ। रकम बिशेषत: पारिवारिक हिंसाबाट पिडीत महिलाहरुको आवासको प्रावधान र अन्य आवश्यक सेवाहरू जस्तै चिकित्सा उपचार, कानुनी सल्लाह, परामर्श, पारिवारिक र सामाजिक मध्यस्थता प्रक्रियाको लागि खर्च गरिनेछ।

दिदीबहिनी समाजले विगत छ वर्षदेखि विभिन्न कार्यक्रमको आयोजना गर्दै कोष उठाउँदै आएको छ। तीज कार्यक्रमको आयोजना गर्दै प्रवेश शुल्कबाट केही रकम सङ्कलन गर्ने गरेको थियो तर कोभिड–१९ का कारण बिगत दुई वर्षदेखि लगाइएको प्रतिबन्धका कारण गत वर्ष र यस वर्ष पनि प्रत्यक्ष सबै भेला भएर तीज मनाउन नमिले पनि भर्चुअल तीज कार्यक्रम गरेको थियो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal