eNepal

४८५ भिषामा नेपाल अड्किएकालाई खुसीको खवर

अष्ट्रेलियाको अस्थायी भिषा सबक्लास ४८५  भिषावाहकहरु जो कोभीड १९ महामारीको कारण अष्ट्रेलिया यात्रा गर्नबाट बन्चित रहेकाहरुले पुनः भिषाको लागि आवेदन दिन पाउने भएका छन्। 

संघीय सरकारले प्रेस बिज्ञप्ती जारी गर्दै स्नातक वा स्नातक माथिको पढाई सकेर पाउने सबक्लास ४८५ भिसाबाहकहरु जसको भिसा यसै वर्षको १ फेब्रुअरी वा त्यस पछि समाप्त भएकाहरुले नयाँ भिसाको लागि आवेदन दिन अनुमति दिएको जनाएको छ।

अष्ट्रेलियाले अन्तर्राष्ट्रिय सीमा बन्द गरेको कारण देश बाहिर अड्किएर बसेका करिव तीस हजार भन्दा बढी ४८५ अस्थाइ भिषा प्राप्त बिधार्थीहरु अष्ट्रेलिया बाहिर रोकीएका थिए। त्यस्तै सरकारले स्नातकोत्तर अध्ययन सकेका विद्यार्थीलाई अस्थाई ४८५ भिषाको अवधी दुई वर्षबाट बढाएर तीन वर्ष गर्ने भएको छ भने भोकेसनल (VET)अध्ययन गरेका विद्यार्थीले समेत अब २ वर्षको टिआर पाउने भएका छन् ।

सरकारले पूर्ण खोप लगाएका दक्ष आप्रवासी र अन्तर्राष्ट्रिय विद्यार्थीहरूले डिसेम्बर १ देखि अष्ट्रेलिया आउन पाउने सक्ने घोषणा गरेपछि यो निर्णय आएको हो।

बृस्तीत विवरण यो लिङ्कमा हेर्न सक्नु हुनेछ

https://ministers.dese.gov.au/tudge/further-support-international-education-sector-and-international-students

 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal