eNepal

बिग ब्यास लिगका लागि सन्दिप अष्ट्रेलिया आउँदै

होबर्ट हुरिकेन्सबाट लगातार दोस्रो सिजन खेल्न लागेका सन्दिप बुधबार अष्ट्रलिया आउने भएका छन्।

होबर्ट हुरिकेन्सबाट लगातार दोस्रो सिजन खेल्न लागेका सन्दिप ५ डिसेम्बरबाट सुरु हुने लिगमा होबर्ट हुरिकेन्सले पहिलो खेल सिड्नी सिक्सर्ससँग खेल्नेछन् । यस्तै दोस्रो खेलमा डिसेम्बर ११ मा सिड्नीसँग रहेको छ । 

आठ टिमको सहभागिता रहेको प्रतियोगितामा सन्दिपले लगातार दोस्रो सिजन होबर्टबाट खेल्न लागेका हुन । उनले अघिल्लो सिजनमा आठ खेलमा आठ विकेट लिएका थिए ।जसमा उनको उत्कृष्ट बलिङ २४ रनमा दुई विकेट रहेको छ । 

त्यो भन्दा अगाडी उनले मेल्बर्न स्टार्सबाट दुई सिजन खेलेका थिए । जसमा पहिलो सिजनमा आठ खेलमा चार विकेट लिएका थिए भने दोस्रो सिजनमा १३ खेलमा १५ विकेट लिएका थिए । 

उनले बिग ब्यास लिगमा कुल १९ खेल खेल्दा ३४ विकेट लिएका छन । जसमा उनको उत्कृष्ट बलिङ २६ रन दिएर चार विकेट रहेको छ । 

#SportsUpdate

#HobartHurricanes

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal