भिक्टोरीयामा लकडाउन हटे लगत्तै एएनपिएलले आफ्नो सिग्नेचर कार्यक्रम मध्यको एक मानसिक स्वास्थ्य प्राथमिक उपचार प्रशिक्षण सत्र सम्पन्न गरेको छ। मोरल्याण्ड सिटी काउन्सिलको सहयोगमा भएको दुई दिने तालिम २० नोभेम्बर र २१ नोभेम्बर गरेर १२ घण्टाको रहेको थियो।
बिशेष गरेर अन्तररास्ट्रिय नेपाली बिधार्थीहरुलाई लक्ष्क्षित गरेर आयोजना गरीएको कार्यक्रममा १२ जनाले सहभागिता जनाएका थिए। संस्थाका सल्लाहाकार एवं मेन्टल हेल्थ फस्ट एड प्रशिक्षक भरत नेपालले दिनु भएको थियो।

सहभागीहरू मध्येकी एक अनीता भण्डारी भन्छिन् – मानसिक स्वास्थ्य समस्याहरूको बारेमा गहिराईमा गएर जान्न र मानसिक स्वास्थ्य समस्या भएका मानिसहरूलाई हेर्ने दृष्टीकोण बारे सतहमा गएर बुझ्ने अवसर मिल्यो। उनी भन्छिन् अस्ट्रेलियन नेपाल पब्लिक लिंकले (एएनपीएल) यो दुई दिने मानसिक स्वास्थ्य सत्रलाई सहजीकरण गरेकोमा म कृतज्ञ र हर्षित छु। मलाई विश्वास छ कि हामी सबैले कुनै न कुनै रुपमा मानसिक स्वास्थ्य संकटको सामना गरिरहेका हुन्छौ। यस्ता तालिमले आफु लगाएत साथीभाइ अनि परिवार र समुदायका सदस्यहरूलाई सहयोग गर्न र मानसिक स्वास्थ्य रोगलाई सम्बोधन गर्नको लागि मुख्य भूमिका खेल्छ।यस्ता खालको कार्यक्रम समदाएको लागि अति आवस्यककीय छ र आगामी दिनमा पनि निरन्तरता पाइरहोस्।
एएनपीएलले आगामी ११ र १२ डिसेम्बरमा साइकल प्रशिक्षक तालिम सन्चालन गर्ने र सोही दिन मानसिक स्वास्थ्य प्राथमिक उपचार प्रशिक्षणको अर्को सत्र पनि सन्चालन गरिने एएनपीएलका अध्यक्ष निराजन गौलीले जानकारी गराउनु भयो। त्यस्तै आउँदो २९ नोभेम्बर साँझ ६ बजेबाट नवआगन्तुक भाईबहिनीहरुलाई लक्ष्क्षित गर्दै भर्चुअल रोड सुरक्षा तालीम शुरुवात हुने बताउनु भयो। तालिममा सडक प्रयोगकर्ताहरूका लागि प्रमुख जोखिम कारकहरू, सरक्षीत हिड्दुल सम्बन्धी जानकारीका साथसाथै सार्वजनिक यातायातको प्रयोग कसरी गर्ने र सडक नियमहरूको कार्यान्वयनबारे जानकारी गराइने छ।

सन् २०१४ देखि अस्ट्रेलिया नेपाल पब्लिक लिंकले अस्ट्रेलीयाको नेपाली समुदायमा मानसिक रोगको रोकथाम, मानसिक स्वास्थ्य प्राथमिक उपचार तालिमका अलावा सडक तथा पैदल यात्री सुरक्षा, बाइक शिक्षा प्रशिक्षण, पानी सुरक्षा, घर र कार सुरक्षा परियोजना सम्बन्धी बिभीन्न नवीन कार्यक्रमका तालिम संचालन गर्दै आएको छ ।
यदि तपाई या अरु कसैलाई तत्काल मनोवैज्ञानकि सहायता चाहिएको छ भने निम्न स्थानमा फोन गर्न सक्नुहुन्छ ।
Lifeline: 131114
Kids Helpline: 1800551800
Mensline Australia: 1300 7899 978
Sucide call Back serive: 1300 659 467
Beyound Blue: 1300 22 4636
Headspace: 1800650890

