eNepal

नेप्लीज विजनेस एसोसियसन अफ तास्मानियाको प्रथम साधरण सभा सम्पन्न

नेप्लीज विजनेस एसोसिएसन अफ तास्मानिया (Nepalese Business Association of Tasmania- NBA) को पहिलो साधरण सभा सम्पन्न भएको छ । तास्मानियमा रहेका नेपाली व्यवसायीहरुलाई एउटै संस्थामा समेटेर उनीहरुको सहकार्य, सीप, क्षमता र राज्यस्तरबाट प्राप्त हुन स्क्ने स्रोतसाधन साथै जानकारीहरुमा पहुच पुरयाउने उद्देश्यका साथ यस संस्थाको स्थापना २ वर्ष अघि भएको थियो । 

यसवीचमा कोरोना महामारीको समयमा समस्यामा परेका विद्यार्थी लगायत अन्यहरुलाई राहत वितरण गर्नुका साथै Australian Taxation office (ATO),  विजनेस तासमानियक – Business Tasmania  लगायतका विभिन्न सरकारी निकायहरुसंग समन्वय गरि यहाँका व्यवसायीहरुको क्षमता अभिवृद्द गर्न कार्यसाला गोष्ठि लगायतका कार्यक्रम संस्थाले सम्पन्न गरेको छ । 

यहाँको नेपाली व्यवसायीहरुवीच सहयोग र सदभावको भावना विकास गर्दै नेपाली व्यवसायीहरुको विकासका लागि थप योजना ल्याउने संस्थाले जनाएको छ । आइतवार सम्पन्न पहिलो साधरण सभाले रेवन्त वस्नेत को नेतृत्वमा सात सदसीय समिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा प्रविन खरेल, सचिवमा उमेश सुन्चेउरी, सहसचिवमा सरोज खनाल, कोषाध्यक्षमा अरुन आचार्य, कार्यसमितिमा रोसन मैनाली र कुसुम शर्मा चयन भएका छन । नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको जानकारी निवार्चन आयुक्त सन्देस परियारले जानकारी दिए ।

संस्थामा तास्मानियको होवार्ट साथै लन्चेष्टनबाट समेत गरि ३५ भन्दा वढि व्यवसायीहरु आवद्ध रहेका छन् ।

 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal