eNepal

अष्ट्रेलियाका प्रधानमन्त्री र सङ्घीय अध्यागमन मन्त्रीले दिए दिपावलीको शुभकामना

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन लगाएत सङ्घीय अध्यागमन मन्त्री एलेक्स हकद्वारा दीपावलीको अवसरमा शुभकामना सन्देशहरू दिएका छन्।

सन्देशमा उनले भनेका छन् – उज्यालोको पर्वको रुपमा लिइने दीपावली मनाउने सम्पूर्णमा शुभकामना। अँध्यारो माथी उज्यालो,  असलताको र अज्ञानता माथि ज्ञानको विजयको पर्वको रुपमा यस चाडलाई लिएको उल्लेख गरेका छन्।

अघिल्ला वर्षहरूमा आफू दीपावलीका कार्यक्रममा सरिक भएको भन्दै यस विशेष उत्सवको आनन्द, रङ्ग, समुदाय र खानाका बारेमा आफू परिचित रहेको उल्लेख गरेका छन्। साथै, उनले खोप लगाउन सबै अस्ट्रेलियालीलाई आग्रह गर्दै समुदायलाई सुरक्षित राख्न समुदाएकले गरेको प्रयासका लागि सबैलाई धन्यवाद दिएका छन्।

अष्ट्रेलियाका अध्यागमन मन्त्री एलेक्स हकले पनि  दिपावलीको अवसारमा शुभकामना व्यक्त गरेका छन् । उनले दिपावली अध्यारोमाथि उज्यालो जितको पर्व भएको उल्लेख गर्दै दिन दिनै धेरै भन्दा धेरै अष्ट्रेलियावासीहरूलाई कोरोना विरूद्धको खोप लगाउँदै समुदायमा पुनः भेला हुन सक्षम भएको बताएका छन् । 

गत १८ महिना यता अस्ट्रेलियालीहरूले थुप्रै अवरोधहरूको सामना गर्नु परेको थियो। उनले विज्ञप्तीमा भधेका छन् यस वर्ष सरकारले अन्तराष्ट्रिय यात्राका लागि अस्ट्रेलियाली नागरिक एवम् पीआर भएका अभिभावकहरूलाई परिवारहरूसँग भेटघाटको अवसर मिलेको उल्लेख गरेका छन्।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal