eNepal

मेल्बर्नमा खेलीयो देउसी र भैलो, गुल्मेलीले गाए सोरठी भाका

गुल्मी समाज भिक्टोरीयाको आयोजनामा नेपालीहरुको महान पर्व दीपावलीको अवसर पारेर गएको सोमबार मेल्बर्नको पाम्स अन द पार्कमा देउसी भैलो कार्यक्रम धुमधामका साथ मनाइएको छ ।

समाजका अध्यक्ष गान्धी प्रसाद भट्टराईले सन्चालन गर्नु भएको तिहार बिशेष कार्यक्रममा कलाकारहरु दिपक सापकोटा,लक्षमण सापकोटा,टंक कंडेल, हरि खरेल, लाल सिँह,दोर्ण केसी,रक्षा भण्डारी,सुवास घिमिरे लगायतको गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका साँस्कृतिक कलाकारहरुको टोलीद्धारा देउसी भैलोका साथै सोरठी भाका प्रस्तुत गरिएको थियो।

देउँसी भैलो कार्यक्रममा कोभिड १९ को सक्रंमणबाट बच्न र बचाउन खोप लगाउनु पर्ने कुराबारे सचेतनात्मक स्वास्थ्यसँग सम्वन्धित सन्देश पनि दिइएको थियो।

सो अवसरमा निहीका अर्याल, रेजीना अर्याल, अन्जना कण्डेल, प्रिती सापकोटा, दिवश भट्टराई र दिव्या भट्टलाईले तिहार बिशेष गीतमा आकर्षक नृत्य प्रस्तुत गरेर उपस्थित दर्शकहरुलाई मन्त्र मुग्ध बनाएका थिए।

बिदेशमा रहेर पनि नेपाली सांस्कृतिक परम्परा तथा संस्कारलाई निरन्तरता तथा निर्बिरोध राख्ने हेतुका साथ स्थापित गरिएको समाजले नेपालीहरुको महान हिन्दु चाड तिहार पर्व विशेष कार्यक्रमहरु गर्दै मनाउदै आएको छ।सो अवसरमा उपस्थितहरुले शुभकामना आदान प्रदान गर्दै तिहारको खुशी साटेका थिए भने सहयोगी हातहरु र कलाकारलाई सम्मान स्वरुप प्रमाण पत्र बितरण गरिएको थियो।

कार्यक्रमको अन्तमा विभिन्न परिकारहरुको साथमा नाँचगान गरी नेपालीहरुले हर्ष प्रकट गरेका थिए ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal