eNepal

एनआरएनए अस्ट्रेलिया युथ फोरमद्वारा मानसिक स्वास्थ्य सम्बन्धी जानकारी मुलक कार्यक्रम सम्पन्न

एनआरएनए साउथ अस्ट्रेलीया युथ फोरमले  युवाहरुको मानसिक स्वास्थ्यलाई बिशेष ध्यानमा राखी गएको २८ अक्टुबर भर्चुअल माध्यमबाट मानसिक स्वास्थ्य सम्बन्धी जानकारी मुलक कार्यक्रम सम्पन्न गरेको छ।

सामान्यतया आफ्नो कार्यव्यस्तताको कारण हामी आफैं पनि मानसिक स्वास्थ्यको बारेमा सचेत हुँदैनौ र बेवास्ता गर्छौ। अझ कोभिड-१९ महामारीले निम्त्याएको अभूतपूर्व चुनौतीहरूको सामना गर्दै सशक्त रूपमा अगाडि बढी रहेका युवा बर्गको मनोबल उच्च रहिराख्न मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउन जरुरी रहेको छ।कोरोना महामारी जस्तो प्रतिकूल परिस्थितिमा पनि तमाम चुनौती र बाधाहरूबाट नेपाली समुदायलाई सुरक्षित महसूस गराउन यस्ता कार्यक्रमले प्रमुख भुमीका खेलेको हुन्छ।

अनलाइन सत्रको अतिथीका रुपमा मानसिक स्वास्थ्यका क्षेत्रमा बिगत लामो समय देखी अनुभव समेटी सक्नु भएको मेल्बर्न निवासी मनोचिकीत्सक डा. अनुपम पोखरेल, रजिस्टर्ड नर्स कन्चन थापा बानीया र महिला हिंसा रोकथाम र लैङ्गिक समानता अभ्यासकर्ता माधुरी मास्के रहनुभएको थियो।कार्यक्रमको संयोजन एनआरएनए साउथ अस्ट्रेलीया युवा संयोजक दिमन राजोपाधयायले गर्नु भएको थियो।

डा.अनुपम पोखरेलले मानसिक स्वास्थ्यका प्राविधिक पक्ष र योसँग सम्बन्धीत सहयोग कसरी खोज्ने बारेमा जानकारी गराउनु भएको थियो भने कञ्चन थापाले आफ्नो व्यक्तिगत कार्यस्थलको अनुभव र कथाहरु साझा पार्नु भएको थियो। माधुरी मास्केले आफुले समुदाएमा स्वयंसेवकका रुपमा काम गर्दा अनि आफ्नो व्यावसायिक कामका दौरान देखेका अनि भोगेका अनुभवहरु साट्नु भएको थियो।

https://fb.watch/8–hkBoRP5/

नेपाली समुदाएमा बढ्दै गरेको मानसिक स्वास्थ्यका कुरालाई मध्यनजर गर्दै यस कार्यक्रमलाई प्राथमिकतामा साथ अगाडी ल्याइएको एनआरएनए साउथ अस्ट्रेलीया कार्यसमिती युवा संयोजक दिमन राजोपाधयायले बताउनु भयो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal