eNepal

दिदीबहिनी समाज भिक्टोरियाले महिला हिंसा अन्त्यकालागि सप्ताहब्यापी बिशेष कार्यक्रम गर्दै

दिदीबहिनी समाज भिक्टोरीयाले १८ अक्टुबर देखी २४ अक्टुबर ७ दिनसम्म लैङ्गिक हिंसाका विरुद्ध ऐक्यवद्धता जनाउन र जनचेतना कायम राख्न विभिन्न क्रियाकलाप र कार्यक्रमहरु आयोजना गरेको छ।

पारिवारिक हिंसाविरुद्ध जागरूकता बढाउने, मनोवृत्ति परिवर्तनलाई बढावा दिन र समुदायहरुमा भइरहेको हिंसा अन्त्यको लागी सकारात्मक कार्यहरु शुरू गर्न दिदीबहिनी समाजले विभिन्न गतिविधिहरु गर्दै हिंसा बिरुद्द सप्ताहाव्यापी अभियान गरेको छ।

The Clothesline project by DBSV Ballarat unit committee

१८ अक्टुबरका दिन “Knitting: The New Me” प्रोजेक्टबाट शुरु गरिएको यस अभियानको मुख्य उद्देश्य ‘Breaking Social Isolation and Promoting Social Connection’ रहेको थियो।

पारिवारिक हिंसाको बिरुद्ध सामुदायिक जागरूकता बढाउनु, सामाजिक सम्बन्ध लाई बढावा दिन र समग्र मानसिक र शारीरिक भलाईलाई सुदृढ पार्ने मुख्य उद्देश्यका साथ यस परियोजना अघी सारेको समाजकी अध्यक्ष डा. जमुना पराजुलीले बताउनु भयो।

https://www.facebook.com/didibahini.samajvictoria/videos/412435530281540/?d=n

सप्ताहाव्यापी कार्यक्रमको शिलशिलामा मरण्डा युनिट सव कमिटी र बालाराट युनिट सव कमिटीले The Clothesline Project अन्तर्गत पारिवारिक हिंसाविरुद्ध जागरूकता बढाउन यस अभियानलाई साथ दिदै श्रव्यदृश्य सामाग्री र We Stand Against Violence लेखीएको कपडाको साथमा समुहगत फोटो खिचाउँदै अभियानलाई ऐेकेबद्दता जनाएका छन्।

https://www.facebook.com/100004573898072/posts/1984726728356438/?d=n

दिदी बहिनी समाजले आज पारिवारिक हिंसा विरुद्ध जागरूकता बढाउन र मानविय दृष्टिकोण परिवर्तनलाई बढावालाई ध्यान केन्द्रित गर्दै सम्बन्धी एक बिशेष जूम सेसन गर्दैछ। पिएचडी स्कलर विजय पोखरेल र समाजकी सचिव एबम् परिवार हिंसा विशेषज्ञ शोभा लम्साल,प्यानलीस्टमा रहनु भएको यो कार्यक्रम आज साँझ ७ वजे बाट ८ बजे सम्म सन्चालन हुँदैछ। यस कार्यक्रममा जोडीन यो लिङ्कमा क्लिक गर्न सक्नु हुन्छ।

Meeting ID: 837 2877 4848

Passcode: 938621

https://us06web.zoom.us/j/83728774848?pwd=WmZacjQ1N2RaUjFtRkdETzUxNFFYUT09

त्यस्तै सप्ताहाव्यापी कार्यक्रमलाई निरन्तरता दिदै दिदीबहिनी समाज वेस्ट सव कमिटीले पनि छैठौं दिनको अबसर पारेर हिंसा बिरुद्ध जागरूकता अभियान, फोटोग्राफी र सामाजिक सम्बन्धलाई अझ बलियो र मजबुद बनाउन बिषेश कार्यक्रम गर्ने भएको छ। मेल्बर्न पश्चिममा रहेको रिभर वाक पार्क भिलेजमा हुने यस कार्यक्रम आउँदो शनिबार २३ अक्टुबर साँझ ५ बजे हुने र यो अभियानलाई अस्ट्रेलीयन मल्टीकल्कचरल कम्युनिटी सर्भिसेजले आंशिक रूपमा सहयोग रहेको कमिटी कोअडनेटर रोशनी श्रेष्ठले जानकारी गराउनु भयो। 

दिदीबहिनी समाज भिक्टोरियाले स्थानिय काउन्सिलहरूसँगको सहकार्यमा भिक्टोरिया बहुसांस्कृतिक समाज र अन्य महिला सशक्तिकरण संगठनहरू उत्तरी कानूनी समुदाय, महिला सर्कस भिक्टोरिया, मोरल्यान्ड लाइब्रेरी, नेपाली समुदाय संगठनहरूसँग साझेदारीमा बिभिन्न कार्य गर्दै आएको छ । यस सँस्थाले स्थानिय गैरसरकारी संस्थाहरुसँगको साझेदारीमा महिला तथा बालबालिकाहरूलाई समाजमा पुन: स्थापना र पुन: एकीकरण गर्न सहयोग पुर्‍याउन कार्य समेत गरिरहेको छ । हिंसा बिरुद्द सप्ताहाव्यापी अभियान दिदी बहिनी समाजको सिग्नेचर कार्यक्रम मध्य पर्छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal