eNepal

बेमौसमी वर्षाका कारण देशका अधिकांश पहाडी जिल्लाहरु प्रभावित

आइतवारबाट परेको अविरल वर्षाका कारण हालसम्म ३६ जनाको ज्यान गएको छ। असोज ३१ गते आइतवारबाट सुदूरपश्चिम लगायत देशका अधिकांश पहाडी जिल्लामा मुसलधारे वर्षा भएको थियो।

वर्षाका कारण डोटी, बैतडी, कैलाली, कञ्चनपुरमा ठुला तथा साना बाढी र पहिरोले मानवीय क्षति गरेको थियो। बाढी पहिरोबाट सुदूरपश्चिममा हालसम्म बैतडीमा ४ जना र डोटीमा ७ जनाको ज्यान गएको गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ।

डोटीमा पहिरोमा पुरिदा ७ जनाको मृत्यु  भएको छ। आइतवारदेखि आएको बाढी र पहिरोमा परेर ७ जनाको मृत्यु भएको गृहमन्त्रालयले जानकारी गराएको छ।

जोरायल गाउँपालिका ३ बस्ने ६० वर्षीय जोगी सार्कीको घर पुरिदाँ उनको मृत्यु भएको हो। त्यस्तै जोरायल गाउँपालिका ४ शेरबहादुर विकको घर पुरिदा उनी सहित ४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

शिखर नगरपालिका बस्ने ३६ वर्षीय मन्धरा बलायरको पनि पहिरोमा पर्दा मृत्यु भएको हो। हिंडिरहेको अबस्थामा माथि बाट माटो सहितको ढुङ्गा खस्दा घाइते भएकी बलायरको उपचारको क्रममा मृत्यु भएको हो। सायल गाउँपालिका बस्ने ३४ वर्षीय बिरे रोकायको खोला तर्ने क्रममा बगाएर मृत्यु भएको छ।

त्यस्तै सायल गाउँपालिका ५ बस्ने हिरुवा लोहारको घर भत्किएर पुरिदाँ मृत्यु भएको छ।कर्णालीको हुम्लामा ४ जनाको मृत्यु भएको छ।

मंगलवारबाट वर्षा पूर्वतर्फ सरेको छ। जसका कारण प्रदेश १ मा वर्षा र बाढीले वितण्डा मच्चाएको छ। बाढी पहिरोका कारण प्रदेश १ मा इलाममा ३ जनाको, पाँचथरमा ५ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ। यता बाढीका कारण उदयपुरमा १ जनाको ज्यान गएको छ। पहिरोले पुरिँदा धनकुटामा ६ जनाको मृत्यु भएको छ।

बाढीपहिरोमा परी देशभरका ३२ जना बेपत्ता रहेका छन् भने १७ जना घाइते भएका छन्। वर्षाका कासण ४०० जना भन्दा बढी विस्थापित बनेका छन्। यसैगरी भित्र्याउन ठीक्क पारेको धान खेतीमा समेत ठूलो क्षति पुगेको छ।

रासस

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal