भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप १८४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १२ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ७८ हजार ९ सय २८ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या २२ हजार ५ सय ९८ रहेको छ । स्वास्थ्य विभागका अनुसार १ करोड २४ लाख ८५ हजार ४ सय ८७ कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म ४५ हजार ७ सय २२ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३८ हजार ८ सय ८१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ४२ लाख ७३ हजार २ सय ५८ पुगेको छ ।

