eNepal

सामाजिक सञ्जालमा एकअर्काप्रति सद्भाव कायम गर्न नेपाली सोसाइटी अफ तास्मानियाको अपिल

नेपाली सोसाइटी अफ तास्मानियाले सामाजिक सञ्जालमा एकअर्काप्रति सद्भाव कायम गर्न अपिल गरेको छ । एक विज्ञप्ती जारी गर्दै नेपाली सोसाइटी अफ तास्मानियाले सामाजिक सञ्जालमा आफ्ना विचार राख्दा एकअर्काप्रति सद्भाव कायम गर्न अपिल गरेको हो ।

आइतबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘सामाजिक सञ्जालमा आफ्नो भावना वा विचार पोख्दै गर्दा तुष्टि प्राप्तिका लागि कुनै जातजाती, धर्म, वर्ग, लिंग एवं क्षेत्र विशेषप्रतिको विरोध, प्रहार एवं आक्षेप निन्दनीय छ। तसर्थ एक अर्काप्रतिको सम्मान र हार्दिकताले हाम्रो सामाजिक एकता एवं सद्भावलाई बलियो बनाउने कुरालाई हृदयङ्गम गरि आफ्ना बिचारहरु सभ्य रूपमा राखी आफ्नो र सिंगो नेपाली समाजको प्रतिष्ठा बढाउने कुरामा सदैव लाग्न सम्बन्धित सबैमा विनम्र अनुरोध गर्दछौँ।’

संस्थाका अध्यक्ष खगेन्द्र सत्यालले संस्थाद्वारा आयोजना गरिएको दशैंकप फुटबल सम्पन्न गर्न सहयोग गर्नेलाई पनि आभार व्यक्त गर्दै तास्मानियामा बस्ने नेपालीहरुका साथै विश्वभर दशैं मनाउनेहरुलाई शुभकामना पनि दिएका छन् ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal