eNepal

अष्ट्रेलियाले अन्तराष्ट्रिय यात्राको लागि मङ्गलबारदेखि खोप पासपोर्ट जारी गर्दै

आउँदो मङ्गलबारदेखि अष्ट्रेलियाली पासपोर्ट र भिषा भएकाहरूले अन्तराष्ट्रिय यात्राको लागि खोप लगाएको प्रमाण लिन पाउने भएका छन। अष्ट्रेलियालीहरुको लागि लगभग १८ महिनापछि अन्तर्राष्ट्रिय सीमाहरु खुल्दैछ।

अष्ट्रेलियाली र अष्ट्रेलियाली भिसा धारकहरुले मंगलबारदेखि MyGov एकाउण्टको माध्यमबाट अन्तर्राष्ट्रिय रुपमा कोविड १९  प्रमाणपत्र प्राप्त गर्न सक्नेछन्।

यो डिजिटल कार्डको रुपमा मोबाइलमा राख्न सकिने छ भने छाप्न सकिने गरि निकाल्न समेत मिल्नेछ। कोभिड -१९ ट्राभल एप जस्तै इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएशन ट्राभल पास संग मिल्दो उक्त कार्डबाट विदेश जान चाहाने अष्ट्रेलियालीहरुले क्युआर कोड स्क्यान गरेर आवतजावत गर्न सक्नेछन्।

क्युआर कोडलाई उच्च सुरक्षा सतर्कता अपनाइएको र यो प्रमाणपत्र विश्व स्वास्थ्य संगठनको निर्देशन अनुरूप रहेको संघिय सरकारले जनाएको छ ।

अन्तर्राष्ट्रिय सिमाना सुरक्षा र सुरक्षित यात्राको लागि उक्त प्रमाणपत्र एक महत्वपूर्ण कदम रहने छ। नोभेम्बर १ बाट न्युसाउथवेल्सका बासिन्दाहरुले क्वारेन्टाइन मुक्त यात्रा सुरु गर्न पाउने छन्।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal