भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप २१७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ६ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ७३ हजार ९ सय ४२ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या २१ हजार ३ सय २४ रहेको छ । स्वास्थ्य विभागका अनुसार १ करोड २१ लाख २० हजार ३ सय ३ कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म ३८ हजार २ सय ६० जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३८ हजार ७ सय ५२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ४० लाख ८५ हजार २ सय ७१ पुगेको छ ।

