eNepal

अष्ट्रेलियाका बिभीन्न राज्यमा दशैंको टीका लगाउने उत्तम साइत यस्तो छ

नेपाली हिन्दु समाज अष्ट्रेलियाले अष्ट्रेलियाका बिभीन्न राज्यमा बसोबास गर्ने नेपालीहरुका लागि दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको छ । 

मेल्बर्नको समय अनुसार शुक्रबार १५ अक्टोबरको दिन विजया दशमीको टिका लगाउने उत्तम साइत विहान १०: ३१ निर्धारण गरिएको छ भने सिड्नीमा साइत विहान १०: २५ निर्धारण गरिएको छ।

ब्रिसबेनमा विजया दशमीको टिका लगाउने शुभ साइत विहान १०: २९ निर्धारण गरिएको छ भने एडिलेडमा विहान १०: २६ निर्धारण गरिएको छ।

क्यानबेरामा विजया दशमीको टिका लगाउने शुभ साइत विहान १०: २७ निर्धारण गरिएको छ। तास्मानियामा विहान १०: ५१ निर्धारण गरिएको छ।

पर्थमा विजया दशमीको टिकी लगाउने शुभ साइत विहान १०: ०३ रहेको छ भने डार्बीनमा विहान १०: २७ निर्धारण गरिएको छ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरका देशमा बसोबास गर्ने नेपालीहरुका लागि पनि दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको हो। भारतको दिल्लीमा १५ अक्टोबरको दिन बिहान ९ बजेर ५ मिनेटमा टीकाको उत्तम साइत निर्धारण गरिएको छ । अमेरिकाको न्यूयोर्क, केन्टुकी, टेक्सास र क्यालिफोर्नियामा बसोबास गर्दै आएकाहरुका लागि १५ अक्टोबरको दिन अलग–अलग साइत जुराइएको छ ।

न्यूयोर्कमा बिहान ९ बजेर २१ मिनेटमा, केन्टुकीमा बिहान ८ बजेर ४५ मिनेटमा, टेक्सासमा ८ बजेर १५ मिनेटमा र क्यालिफोर्नियामा बिहान ७ बजेर १५ मिनेटमा दशैंको टीका लगाउने उत्तम साइत रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal