eNepal

एएनएमसीले भर्चुअल दशैं शुभकामना आदनप्रदान कार्यक्रम गर्दै

अष्ट्रेलियन नेपाली बहु-साँस्कृतिक केन्द्र (ANMC) ले ह्युम सिटी काउन्सिलको सहयोगमा अक्टोवर ७ देखि अक्टोवर १३ सम्म नवरात्री भरि मेल्बर्नमा रहनु भएका पण्डीतहरुबाट भर्चुअल माध्यम जुम प्रविधीबाट हरेक बिहान पुजा, अर्चना, दुर्गा पुजा, चण्डी पाठ र आरतीको कार्यक्रम आयोजना गर्दै आएको छ।

भोलि १३ अक्टोबर बुधवार महा-अष्टमीको साँझ ६:०० बजे एएनएमसीले समुदायका सदस्यहरु माँझ दशैं शुभकामना बिशेष कार्यक्रम गर्न लागेको छ।

कार्यक्रममा बिशेष पाहुनाको रुपमा विल्स क्षेत्रका माननिय सदस्य पिटर खालिल, ह्यूम सिटी काउन्सिलका मेयर माननीय जोसेफ हवाईको प्रतिनिधित्वको रुपमा काउन्सिलर करेन शेरी, भिक्टोरियन बहुसांस्कृतिक आयोग अध्यक्ष भिभीन न्हुगेन, भिक्टोरियाका लागि नेपालका तर्फबाट अबैतानिक महाबाणिजयदुत चन्द्र योन्जन लगाएत अन्य सँस्थाका पदाधिकारीहरुको उपस्थिती रहने एएनएमसीका वर्तमान अध्यक्ष राजेश आचार्यले जानकारी गराउनु भयो।

नेपालबाट दशैँ बिशेष सांगितिक कार्यक्रमको बिशेष प्रसारण, पण्डीतबाट सँस्कृत भाषामा स्वोस्ति शान्ती मन्त्र वाचनका साथसाथै समुदायका अगुवाहरुबाट शुभकामना आदन प्रदानको कार्यक्रम रहेको छ।

नेपाली बहु-साँस्कृतिक केन्द्र (ANMC) ले अक्टोवर ७ देखि अक्टोवर १३ सम्म हरेक दिन प्रात:कालिन र सन्ध्याकालिन पूजा, आराधना र आरतीको कार्यक्रमको मेल्बर्नमा रहेका पण्डीतहरुको निवासबाट प्रत्यक्ष प्रशारण गर्दै आएको छ र यो कार्यक्रम विजयादशमीको दिन रहनेछ।

Zoom webinar:

https://us02web.zoom.us/j/88900957735?pwd=bTVKb0t3SnV3ZXRHWW1MMXlYOFFrUT09&fbclid=IwAR3mYQT1CaIhrLsEBArnaKPSQmSsWJwJzpJ8slowrd5h-SVFe3WS8azmvw8

Webinar ID: 889 0095 7735

Passcode: 078514

Time: 06:00 PM Canberra, Melbourne, Sydney

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal