eNepal

परराष्ट्र मन्त्रालयको दोश्रो पत्र आएसँगै एनआरएनएको निर्वाचन अनिश्चित

परराष्ट्र मन्त्रालयले गैर आवासीय नेपाली संघलाई फेरि अर्को पत्र पठाएको छ । सो पत्रसँगै एनआरएनएको निर्वाचन अनिश्चित बनेको छ । यसअघि २० तारिखमा निर्वाचन मिति तोकिए पनि निर्वाचन अनिश्चित बनेको हो ।

मन्त्रालयले शुक्रबार पठाएको पत्रमा विभिन्न देशको निर्वाचनको वैधानीकता माथि प्रश्न उठाएको छ । मन्त्रालयले संघको विधान अनुरुप तोकिएको मितिमा महाधिवेशन नगरेको भन्दै अमेरिका, युके, पोर्चुगल, फ्रान्स, साइप्रस, डेनमार्क, ओमान लगायतका राष्ट्रिय समितिको वैधानिकतामाथि प्रश्न उठाएको हो ।

यी देशहरुमा पुन निर्वाचन गर्ने वा बदर गर्नेबारे भने केहि खुलाइएको छैन। एनसीसीको महाधिवेशन अनिवार्य रुपमा जुलाई १ देखि ३१ तारिखसम्म सम्पन्न हुनु पर्ने र महाधिवेशन प्रतिनिधिहरुको विवरण अगष्ट १५ सम्म सचिवालयमा पठाउनु पर्ने परराष्ट्रले पत्रमा उल्लेख गरेको छ।

पत्रमा संघको कुनै राष्ट्रिय समितिमा विद्यार्थीहरु सदस्य बनेका छन भने त्यसको पुनरावलोकन गर्न पनि भनिएको छ ।

त्यस्तै, परराष्ट्रले पत्रमा ६५ प्रतिशत महाधिवेशन प्रतिनिधि नयाँ वा पुरानो कार्यसमिति कसले छान्ने विधानमा उल्लेख नभएकोले पूर्वअभ्यास अनुसार गर्ने भनी उल्लेख गरेको छ ।

संघका महासचिव डा हेमराज शर्माले परराष्ट्रको पत्रले संघलाई ‘क्लिन अप’ गर्ने अवसर मिलेको बताउदै विधानको सर्वोच्चता कायम राख्दै निर्मम भएर निर्णय गर्नुपर्ने बताउनु भयो। परराष्ट्रको पत्रले निर्धारित मितिमा महाधिवेशन गर्न जटिल भएकाले संघको बैठक बसी थप निर्णय गरिने बताउनु भयो ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal