eNepal

दशैँ धमाका म्युजिकल नाइट आज, भव्य रहने आयोजकको दावी

विनर सर्कल–तास्मानियाको आयोजना र ग्लोबल मार्क एजुकेशन एण्ड भिजा सर्भिसेजको मुख्य प्रायोजनमा हुन लागिरहेको ‘दशैँ धमाका म्युजिकल नाइट’को सम्पूर्ण तयारी पुरा भएको छ ।

कार्यक्रममा प्रसिद्ध गायक बादल प्रसाई, होबर्टको ब्याण्ड ‘अर्थ’, डि.जे. अरूल्ला सहित विभिन्न स्थानिय कलाकारहरुको प्रस्तुति रहनेछ। अष्ट्रेलिया कोरोना भाइरसको चपेटामा रहेको बेला धेरै समयपछि यस्तो कार्यक्रम गर्न लागिएको हो ।

‘नेपाल र नेपाली संस्कृतिको प्रवर्द्धन गर्दै हाम्रो महान चाड दशैँ मनाउने हाम्रो चाहना हो । विदेशमा संघर्ष गरिरहेका नेपाली युवायुवतीहरूमा लुकेर रहेको प्रतिभालाई अगाडि लिएर आउने प्रयास गरेका छौ।’ विनर सर्कलका एडमिन साजन परियारले भने ।

परियारले कोरोनाका मापदण्ड अवलम्बन गर्दै यो कार्यक्रम सञ्जालन गरिने बताएका छन् । उनले भने, ‘ कोभिडका मापदण्ड अवलम्बन गर्दै होटल ग्राण्ड चान्सलरमा कार्यक्रम आयोजना गर्न गइरहेका छौ। यस स्थानमा सायद यो नै नेपालीको पहिलो कार्यक्रम हो ।’

अहिले यस कार्यक्रमले तास्मानिया र अष्ट्रेलियामा नै सकारात्मक चर्चा कमाइरहेको छ । युवाहरूका लागि काम गरिरहेको विनर सर्कलको तास्मानियामा यो नै पहिलो कार्यक्रम हो ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal