eNepal

भिक्टोरियन प्रिमियर ड्यानियल एन्ड्रयूजलाई मास्क नलगाउँदा ४०० डलर जरिवाना

भिक्टोरियन प्रिमियर ड्यानियल एन्ड्रयूजले मास्क नलगाई पत्रकार सम्मेलनमा देखिएको आरोपमा भिक्टोरीया प्रहरीद्वारा ४०० डलर जरिवाना गरिएको छ।

मुख्य स्वास्थ्य अधिकारीको निर्देशन उल्लङघन गरेकोमा सूचना जारी गर्दै प्रहरीले ले जरिवाना गराएको थियो।

उनले गएको बुधबार र बिहिबार संसद भवन बाहिरको पत्रकार सम्मेलनमा मास्क नलगाई पत्रकारसँग कुरा गरेका थिए।

प्रहरीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “प्रिमियर एन्ड्रयूजले मास्क नलगाएकोमा दुई जरिवाना तिरेका छन्, प्रत्येकको मूल्य २०० डलर छ।”

एन्ड्रयूजले जरिवाना तिर्ने वाचा गर्दै सो रकम महामारीबाट प्रभावितहरुलाई सहयोग गर्ने एक परोपकारी संस्थालाई चन्दा दिन आग्रह गरेका छन्।उनले भनेका छन् भिक्टोरिया पुलिसलाई जरिवाना जारी गर्न आग्रह गर्छु र अवश्य पनि त्यो जरिवाना तिर्नेछु।

उनले भनेका छन् “यदि भिक्टोरीया पुलीसले  जरिवाना जारी गरेनन् भने म उही मूल्य बराबरको रकम यो महामारीको बेला मानिसहरुलाई राहत सहयोगमा काम गर्ने एउटा परोपकारी संस्थालाई सो रकम दान गर्नेछु किनकि यो भिक्टोरीयामा जारी गरिएको नियम हो र सबैले सो नियम पालना गर्न आवश्यक छ । यसको लागि मलाई माफ गर्नुहोस्।

भिक्टोरियामा घर बाहिर व्यायाम गर्न बाहेक अन्य समय मास्क लगाउनु पर्ने नियम लागु गरिएको छ।मास्क नियमको उल्लंघन गरे $ २०० डलर जरिवाना छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal