eNepal

आज घटस्थापना, एएनएमसीले दैनीक दुर्गा पुजा, अर्चना, चण्डी पाठ र सामुहिक जमरा राख्दै

हिन्दू नेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ । दशैको आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइने गरिन्छ । बडादशैंको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।

मेल्बर्नको समय अनुसार घटस्थापनाको शुभ साइत बिहान ६:४७ बजे रहेको थियो।घटस्थापनादेखि नियमित रुपले दश दिनसम्म बडादशैंको कर्म चल्छ ।

हाल बिश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्न भिक्टोरीया राज्यले एक अर्कासंग भेटघाट कम गर्न  र सामाजिक दुरी कायम राख्न प्रोत्साहन गरिरहेको अवस्थालाई मध्य नजर लगाउँदै अष्ट्रेलिया नेपाली बहु-साँस्कृतिक केन्द्र (ANMC) ले ह्युम सिटी काउन्सिलको सहयोगमा अक्टोवर ७ देखि अक्टोवर १३ सम्म नवरात्री भरि मेल्बर्नमा रहनु भएका पण्डीतहरुबाट भर्चुअल माध्यम जुम प्रविधीबाट हरेक बिहान पुजा, अर्चना, दुर्गा पुजा, चण्डी पाठ र आरतीको कार्यक्रम आयोजना गरि रहेको छ। 

प्रात:कालिन पूजा, आराधना र आरतीको कार्यक्रम अक्टोवर ७ देखि अक्टोवर १३ सम्म बिहान ६ बजे ८ बजे सम्म र हरेक साँझ ६ बजे देखि ६:३० बजे सम्म हुनेछ भने  विजयादशमीको दिन बिहान ६ बजेबाट ५ बजे सम्म हुनेछ। 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal