भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप १६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ७७ हजार २ सय ३८ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या १५ हजार ७४ रहेको छ । स्वास्थ्य विभागका अनुसार १ करोड १५ लाख १४ हजार ३ सय ५४ कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म ३० हजार ३ सय ६६ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३६ हजार ६ सय ७२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ३७ लाख ८१ हजार ६ सय ३ पुगेको छ ।

