eNepal

मोटर दुर्घटनामा परि अष्ट्रेलियाको डार्वीनमा एक नेपालीको निधन

अष्ट्रेलियाको नर्दन टेरिटोरी राज्यको नुनमाह टावरन नजिकै स्टुअर्ट ह्वाईवेमा फोर विल ड्राइभ फोर्ड रेन्जरको ठक्करबाट २२ वर्षिय मोटरचालक समिर कृष्ण मानन्धरको निधन भएको छ।

नर्दन टेरिटोरी प्रहरीका अनुसार फोर्ड रेंजर चालक ७४ वर्षीय पुरुष रहेको र उनले लागूपदार्थ र रक्सीको सेवन नगरेको जनाएको छ। प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको छ ।

नेपाल घर चितवन भएका समिरको अभिवावकसँग आग्रहमा उनको शव नेपाल लैजान तयारीमा गैर आवासिय नेपाली संघ नर्दन टेरिटोरी र नेप्लिज एसोसियसन अफ नर्दन टेरीटोरीले सँयुक्त रुपमा सहयोग संकलन शुरु गरेका थिए।

नेप्लिज एसोसियसन अफ नर्दन टेरीटोरीको अफिसियल फेसबुकको पछिल्लो अपडेट अनुसार शव नेपाल पठाउन $२५००० खर्च लाग्ने जनाइएको छ। दुर्घटना भएको केही समयमा नै सो रकम सङ्कलन भइसके पछि सामुदायिक छलफल  र संगठनात्मक प्रोटोकलको पालन गर्दै सहयोग गर्न अहिलेलाई रोक लगाएको छ भने कुनै थप मद्दत चाहिएमा पछि जानकारी गराउने जनाएको छ।

https://www.facebook.com/135608819973273/posts/1772437286290410/?d=n

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal